
रुसका दश लाख नागरिकलाई स्पुतनिक भी खोप दिइयो
२२ पुष २०७७, बुधबार २३:५६
लोकप्रिय
रुस। रुसका दश लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक भी खोप दिइएको छ । खोप उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेको हो ।
कोरोना भाइरसविरुद्धको खोप विकास गरिएको दाबी गर्नेमा रुस सबैभन्दा अगाडि थियो । जसले अगस्ट ११ मा खोप विकास गरिएको घोषणा गरेको थियो । त्यसपछि अन्य देशहरूले पनि विकास गरेको घोषणा गरेका थिए ।
खोपको प्रयोग भने सबैभन्दा पहिला बेलायतमा गरिएको घोषणा गरिएको थियो । त्यसपछि अरु देशहरूले पनि प्रयोगमा ल्याउने निर्णय गरेका थिए । तर अहिलेसम्मका सबै खोप आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न सुझाव दिइएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा विकास गरिएको खोप स्पुट्नीक भी ९५ प्रतिशतसम्म प्रभावकारी भएको यसअघि नै बताका थिए । रुसकै केही स्वास्थ्य विषेशज्ञहरूले त यो खोप ९६ देखि ९७ प्रतिशतसम्म प्रभावकारी भएको दाबी गरेको पनि ट्वीटमा उल्लेख गरिएको छ ।
रुसी अरू विज्ञ अधिकारीहरूले पनि कोरोना विरुद्धका अन्य खोपको तुलनामा स्पुट्नीक भी बढी प्रभावकारी भएको दाबी गर्ने गरेका छन् । कोरोनाविरुद्धको खोप लगाउने क्रम चलिरहे पनि रुसमा सङ्क्रमित भएकाहरू थपिने क्रम पनि चलिरहेकै छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी। अमेरिकी फार्मा कम्पनी मडेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपले कोरोना भाइरसको नयाँ स्वरुपविरुद्ध पनि प्रभावकारी काम गर्ने दावी गरिएको
दुनियाका चर्चित राजनेताहरु तथा मनोरञ्जन कलाकारहरुको साक्षात्कार गर्ने सिल्भर स्क्रिनका प्रसिद्ध प्रस्तोता ल्यारी किङ – Larry King को आज निधन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य
काठमाडौं। यही माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सशस्त्र प्रहरी बलको