Lifestyle Portal
  •   १३ माघ २०७७, मंगलवार

काठमाण्डौमा चिनियाँ नागरिकको अपहरण धन्दा

२३ पुष २०७७, बिहीबार २१:४७

काठमाण्डौ । प्रहरीले दुई चिनियाँ नागरिकलाई अपहरणको आरोपमा पक्राउ गरेको छ। प्रहरीले अन्य दुई जनालाई पनि पक्राउ गरेको छ।

काठमाण्डौको गौशलास्थित आनन्द होटलबाट गत कात्तिक १९ मा अपहरण गरेको उजुरी परेपछि चिनियाँ नागरिक वु चाओ, झाङ विई, सिन्धुपाल्चोकका भक्ते लामा र दावा पासाङ लामालाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसरका डीएसपी प्रवेश विष्टका अनुसार उनीहरुले चिनियाँ नागरिक लिई विइपिङ र लि जिओनिङलाई अपहरण गरेको भन्दै किटानी जाहेरी परेको थियो।

आरोपीहरुले १९ कात्तिकमा गौशालाको तिलगंगामा रहेको आनन्द होटलबाट अपहरण गरेको र पछि आफै भागेर आएको उनीहरुले दिएको जाहेरीमा उल्लेख गरिएको छ। पक्राउ परेका चार जनालाई प्रहरी अपहरण तथा शरीर बन्धन कसुर अन्र्तगत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । सामाजिक सञ्‍जाल फेसबुकबाट केटी साथी अश्‍लिल भिडियो पठाउने एकजना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले

कास्की । परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य गरेको

काठमाडौं। जग्गा धनीसँग हुने जग्गाधनी पुर्जा नभएसम्म सो जग्गाको किनबेच असम्भव हुन्छ। त्यसैले जग्गा धनीहरु आफूसँग रहेको जग्गा धनी पुर्जामा

काठमाडौं । आफूलाई अन्तर्राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले आयोगको परिचय पत्र देखाएर