कोरोना कलर ट्युनमा अमिताभको आवाज हटाउन भारतको उच्च अदालतमा निवेदन


मुम्बई । कोरोना महामारीको यो युगमा बलिउडका बिग बी जनचेतना जगाउन लागिपरेका छन् । उनले सामाजिक सन्जालमा थुप्रै जनचेतनामूलक कुराहरु पोस्ट गरेका छन् ।

यहीबारे उनको आवाजमा कलर ट्युन पनि सुन्न सकिन्छ । हालै एक भारतीय नागरिकले बच्चनको आवाजको यही जनचेतनामूलक कलर ट्युन हटाउन माग गर्दै अदालत पुगेका छन् । राकेश नामक उक्त निवेदकले दिल्ली उच्च अदालतमा यो हटाउन जनहित निवेदन पेस गरेका छन् । राकेशले निवेदनमा अमिताभ बच्चनले यसरी आफ्नो आवाज दिएर भारत सरकारसँग पैसा लिइरहेको आरोप लगाएका छन् ।

साथै अमिताभ बच्चन मात्रै नभई अरु पनि थुप्रैले यो कोरोना कालमा जनताको सहयोग गरेको भन्दै कलर ट्युनमा असली योद्धाको आवाज भर्नुपर्ने उनले माग गरेका छन् ।


Loading comments...