द भ्वाइसमा कस्को संभावना कति ?


हुन त आज हुनगइरहेको फाइनलमा मुख्य निर्णायक नेपाली जनताहरु नै हुन् किनभनें नेपालको प्रथम द भ्वाइस अफ नेपालको छनौट अभिभारा नेपाली जनताको भोट र समर्थनले पाएको छ । तथापी ४ जना फाइनलीस्टहरुमा कसको संभावना कति भन्ने बिषयमा आज कुरा गरौं ।

कोच दिप
टिम दिपबाट शुरु गरौं । शुरुवातको ब्लाइण्ड अडिशनबाटै कोच दिप परम्परागत गायकी को छनौटमा रहे भनेंर धेरै कुराहरु पनि काटिए । दिप आफ्नो जस्तै आधुनिक सुगम संगितका आवाजहरु अनि मौलीक नेपालीपना झल्किने आवाजको खोजिमा देखिए ता पनि पछिल्ला ब्लाइण्ड अडिशनमा उनले छानेका केही कन्टेम्प्रोरी आवाजहरु अनि उत्तरआधुनिक गायकहरु द भ्वाइसको व्याटल राउण्डमा प्रवेश गरे । दिपको समुहबाट सिडि बिजय अधिकारी अहिले फाइनलमा उत्रिएका छन् । सिडि को गायकी बास्तवमै भर्साटाइल छ र उन्लाई समर्थन गर्नेको ओइरो पनि लागेको छ ।

द भ्वाइसले केवल यूवापुस्ताका अनि पप गायनलाई मात्र प्रश्रय दिएर फाइनलमा लिएर गयो भन्नेका लागि सिडि बिजय अधिकारी एउटा राम्रो उत्तर हुन् । कहिले भुटानका भाका त कहिले कहाँ थियौं तिमी रंगमञ्च उठेपछि आयौ जस्ता क्लासिकल्ली खरा गीतहरु गाएका सिडि बिजय अधिकारी द भ्वाइसका खरा दाबेदार हुन् । उन्का समर्थनमा हरेका अधिकांश दर्शकश्रोताहरु आधुनिक गीतका पारखी अनि पछिल्ला समयमा सुशिल गड्तौला जस्ता शास्त्रिय गायनमा अब्बल आवाज बाहिरिएपछिका समर्थक पनि सिडि बिजय अधिकारीको पोल्टामा आएको पाइन्छ ।

c d bijaya

कोच अभया
उता टिम अभयाको कुरा गरौं । अभया कन्टेम्प्रोरी आवाजको खोजिमा थिइन शायद ब्लाइण्ड अडिशनमा तर बिच बिचमा उन्ले आधुनिक गीत र नेपाली मौलीक आवाजलाई पनि प्रश्रय दिइन् । निर्णय लिँदा सबैभन्दा कम समय लगाएर लिने कोच अभयाले आफ्नो पोल्टामा बिवेक लामा, अनु शाक्य जस्ता भर्साटाइल आवाजहरु ल्याइन । अहिले उन्को समुहलाई कुशल आचार्यले प्रतिनिधित्व गर्दैछन् । कुशलको अहिलेको फ्यानफलो धेरै पाइएको छ, उनलाई पूर्व मेची देखि पश्चिम महाकालीसम्मका नेपालीले समर्थन गरेका छन् ।

लाइभ राउण्डमा झन मलाई पूर्व रमाईलो गर्दै पश्चिम सम्मका गीत गाएका कुशलको आफ्नो विधा भनें पप र रक गायन नै मान्न सकिन्छ । लोक देखि सुगम संगितसम्म पनि उनी खरो उत्रिएका छन् । वी विल रक यू देखि पूर्व रमाइलोको भाका सम्म कुशल ले न्यायोचित गाएका छन् । यीनलाई ४ जना मध्य सबैभन्दा बलिया प्रतिस्पर्धि मध्य १ मानिएको छ । सोसीयल साइटमा पनि कुशलका समर्थक र कमेन्टहरुमा पनि कुशलको नाम अनि ह्याशट्याग धेरै पाइएको छ ।

Kushal Acharya

कोच सनुप
उता कोच सनुप निकै चुजी थिए ब्लाइण्ड अडिशन बाटै । शुरुमै बजर नबजाउने मध्यका प्रखर यिनले आवाजको टेक्चरलाई धेरै ध्यान दिएको पाइयो । धेरै जसो आवाजहरुको रोजाइमा उन्कै समुह परथ्यो अझ भनुं ब्लाइण्ड अडिशनमा सबैभन्दा छिटो हाउसफुल भएका कोच सनुप र कोच प्रमोदकै टिम हो । सनुपले पनि आशिष गुभाजु, सन्तोष राना अनि बिधा तिवारी जस्ता आवाजका जादुगर भेला पारे अनि अहिलेसम्मको द भ्वाइसको हरेक श्रृखलामा आफ्नो दबदबा कायम राखे । अहिले सप्तक दुतराजले सनुपको समुहको प्रतिनिधित्व गर्दैछन् । सप्तक शुरुवात देखि नै कडा अनि प्रखर रुपमा आए । गीतार समाएर मेलोडी गाँउदै स्टेज उक्लेका सप्तकले रक, पप सबैप्रकारका सुरहरु स्टेजमा प्रस्तुत गरे । यिनको समर्थन पनि अत्याधिक रहेको पाइन्छ ।

सुर अनि तालले भरिपूर्ण सप्तकलाई अहिलेसम्म भोटको कमी भएको पाइएको छैन् । आशिष गुभाजु र सप्तक दुबैलाई टिम सनुपको फाइनलीस्ट मध्य १ भनेंर धेरैले अनुमान लगाएपनि आशिषले बिदा मागेपछि सप्तकको यात्रा केही सहज भएको थियो । सप्तकको दावेदारी पनि खरो छ, यिनको समर्थन अनि गायकी दुबैको तालमेल सहि ठाँउमा छ । आज साँझ थाहा हुनेछ सप्तकको सुरको अन्दाजमा द भ्वाइसको संभावना ।

saptak dutraj

कोच प्रमोद
त्यस्तै कोच प्रमोद लाई धेरैले ब्लाइण्ड अडिशनबाटै झिल्के आवाजको खोजि गरेको ठट्यौली गरिएको पाइयो । उनी आवाजको गहिराई अनि ठहराव अनुसार आवाजलाई तौलने पारखी थिए । प्रमोद र सनुपको छनौट केही हदसम्म उस्तै रहन्थ्यो । सुशिल गड्तौला, तेजेन्द्र गन्धर्व लगायत द भ्वाइस अफ नेपालका कालजयि हुने आवाजहरु यिनको छनौट थियो तथापि यस वर्ष भनें प्रमोद रकस्टार सृजय थपलीयाको साथमा फाइनलमा आँउदैछन् ।

सुरेखा क्षेत्रिको बहिर्गमन संगै आफ्नो समुहमा सृजयले सहजता पाएका हुन् । सृजयको समर्थनमा केही शहरहरु नै उत्रिएका छन् । बिराटनगरका मेयर भीम पराजुली ले त सृजयको समर्थनमा प्रेस बिज्ञप्ती नै निकालेका थिए । कहिले हनुमान चालिसा त कहिले राष्ट्रगान गाएर सृजयले सबैको मन जित्दै आएका छन् । सृजयले सुशिल गड्तौलालाई उछिनेपछि उन्को चर्चा झनै चुलिएको छ । यिनको संभावना पनि झनै गज्जब मानिएको छ, यदि नेपालीजनले आफ्नो पहिलो द भ्वाइसमा रकस्टार देख्न चाहने हो भनें सृजयको बिकल्प छैन भन्ने कमेन्टहरु सामाजिक सञ्जालमा ब्यापक पाइन्छ है ।

srijaya

हुन त सुशिल गड्तौला जस्ता साधक द भ्वाइसबाट छुटेपछि गुनासाहरु पनि कम नआएका हैनन् तर द भ्वाइस एउटा प्रजातान्त्रीक अनि सहभागितात्मक कार्यक्रम हो जहाँ निर्णय दर्शकहरुले गर्नुपर्दछ । सुशिल पनि कतार पुगेका छन्, आज साँझ कतारको कार्यक्रम वडो चित्तोकर्षक हुनेछ ।


Loading comments...