
अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गरेको आरोपमा युवती पक्राउ
२४ पुष २०७७, शुक्रबार ०२:२२
लोकप्रिय
दैलेख। अमेरिका पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग ५० लाख बढी ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
दैलेखका विभिन्न व्यक्तिहरुसँग अमेरिका पठाइदिने भन्दै ठगी गर्ने सुनसरीको इटहरी उप-महानगरपालिका-४ बस्ने २४ वर्षीया विद्या शर्मा नाम बताउने उनलाई प्रहरीले पक्राउ गरेको हो । गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने भन्दै दैलेख पुगेकी उनले विभिन्न व्यतिहरुलाई ठगेको खुल्न आएको प्रहरीले जनाएको छ ।
आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटी नेपालको (सीइओ) बताउँदै उनले आफ्नो अमेरिकाको भिसा पनि लागेकाले ८-१० जना लान सकिने भन्दै विभन्न व्यक्तिसँग ५२ लाख ४ हजार १० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट केटी साथी अश्लिल भिडियो पठाउने एकजना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले
कास्की । परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य गरेको
काठमाडौं। जग्गा धनीसँग हुने जग्गाधनी पुर्जा नभएसम्म सो जग्गाको किनबेच असम्भव हुन्छ। त्यसैले जग्गा धनीहरु आफूसँग रहेको जग्गा धनी पुर्जामा
काठमाडौं । आफूलाई अन्तर्राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले आयोगको परिचय पत्र देखाएर