Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

तोरी, सूर्यमुखी तथा ओलिभको तेलका फाइदा र बेफाइदाहरु के हुन?

२४ पुष २०७७, शुक्रबार २०:१९

कुनै पनि खानेतेल किन्नु भन्दा अगाडि यसमा ३ वटा कुराहरुको मात्रा हेर्नुपर्छ । पहिलोः सैचुरेटेड फ्याट, दोस्रोः पोली अनसैचुरेटेड फ्याट र मोनो अनसैचुरेटेड फ्याट । सैचुरेटेड फ्याट ले स्वास्थ्यलाई हानि पुर्‍याउछ, त्यसैले यसको मात्रा जति कम भए राम्रो हुन्छ । मोनो अनसैचुरेटेड फ्याट ले शरीरलाई फाइदा गर्दछ, त्यसैले यसको मात्रा बढी हुनु राम्रो मानिन्छ । पोली अनसैचुरेटेड फ्याट को मात्रा बढी हुनु पनि राम्रो हो । मोनो अनसैचुरेटेड फ्याट लाई पोली अनसैचुरेटेड भन्दा राम्रो मानिन्छ । सैचुरेटेड र ट्रान्स फ्याट स्वास्थ्यकोलागि हानिकारक हुने भएकोले यसको मात्रा जति कम भए राम्रो हुन्छ ।

डा. ओम मुर्ति अनिल
मुटुरोग विशेषज्ञ

ओलिभको तेल (Olive Oil)
यो तेल ओलिभको दानाबाट उत्पादन गरिन्छ । यो तेल धेरै महँगो हुन्छ । सुर्यमुखीको तेल भन्दा लगभग ३-४ गुणा महँगो हुन्छ । यो तेलको प्रयोग खाना, सौन्दर्य, औषधि, साबुन उत्पादन, शरीरको मसाज आदिमा गरिन्छ । यो तेल संसारभरीमै प्रयोग गरिन्छ । यो तेल मुख्यतयाः Oleic acid, palmitic acid, fatty acid मिसावटबाट बनेको हुन्छ ।

यसमा तोरीको तेल जस्तै मोनो अनसैचुरेटेड फ्याटको मात्रा पोली अनसैचुरेटेड फ्याट भन्दा बढी हुन्छ । पोषण तत्वको दृष्टिकोणले तोरीको तेल र ओलिभको तेल उस्तै उस्तै भएको पाइन्छ । तर तोरीको तेल भन्दा यो धेरै नै महँगो हुन्छ ।

तोरीको तेल (Mustard Oil)
यो तेल तोरीको बीउबाट उत्पादन गरिन्छ । यसमा ६० देखि ७० प्रतिशत मोनो अनसैचुरेटेड फ्याट हुन्छ । यसमा १५ देखि २०% पोली अनसैचुरेटेड फ्याट र १० देखि १५% saturated Fat हुन्छ । तोरीको बीउमा प्रशस्त Omega 3 Fatty Acid, Iron, Zinc, Calcium आदि तत्वहरु पाइन्छन्, जुन स्वास्थ्यको लागि लाभकारी मानिन्छ । तोरीको तेलमा Omega 6 र Omega 3 को अनुपात सर्वोत्तम भएको तथ्य प्रमाणित छ । यो अनुपात राम्रो भएको खानेकुरा मुटुकोलागि अत्यन्तै स्वस्थकर मानिन्छ र यसले मुटुमा ब्लोकेज हुनबाट जोगाउछ । ओलिभ तेल भन्दा पनि तोरीको तेलमा Omega 6 र Omega 3 को अनुपात राम्रो भएको पाइन्छ । आयुर्वेदको अनुसार यो तेललाई शरीरको मसाज गर्न र Antibacterial को रुपमा प्रयोग गरिन्छ । यसले शरीर बलियो बनाउनुको साथै रत्तसञ्चारमा सुधार ल्याउछ भन्ने धारणा छ ।

विदेशमा गरिएको अध्ययनमा यो तेललाई नराम्रो बताइएको छ । तर यसमा पाईने पोषणतत्वहरु ओलिभको तेलसँग मिल्दोजुल्दो भएको पाइन्छ । हाम्रो संस्कृतिमा तोरीको तेलको प्रयोग हजारौं वर्षदेखि भइ आएको छ र मुटुरोग पनि हाम्रो पूर्वजमा अत्यन्तै कम भएको सबैलाई थाहा भएकै कुरा हो । तोरीको तेललाई व्यापारको हिसाबले तल्लो श्रेणीको देखाइएको मात्रै हुनसक्छ । हाम्रो देशमा सजिलैसँग र सस्तोमा पाइने तोरीको तेल, जुन स्वास्थ्यको लागि फाइदाकारी भएपनि अन्य विदेशी तेलहरुको प्रयोग हुनु स्वास्थ्यलाई मात्रै होइन देशको अर्थिक अवस्थालाई समेत असर गरेको छ ।

सूर्यमुखीको तेल (Sunflower Oil)
यो तेल सूर्यमुखीको बिउबाट उत्पादन गरिन्छ । यो स्वादमा हल्का हुन्छ र यसमा धेरै भिटामिन E पाइन्छ । यसमा प्रशस्त मोनो अनसैचुरेटेड फ्याट र पोली अनसैचुरेटेड फ्याट पाइन्छ । यसमा धेरै कम Saturated Fat हुन्छ । अहिले यो तेलको प्रयोग बढ्दै गएको छ, किनभने यो शरीरको लागि फाईदाजनक हुन्छ भन्ने धारण छ । तर यसको धेरै प्रयोग गर्नाले विभिन्न स्वास्थ्य समस्याहरु सृजना हुनसक्छ ।

यो तेलमा पनि फ्याट बढी हुने भएकोले र फ्याटले प्रशस्त क्यालोरी प्रदान गर्ने हुनाले यसको धेरै प्रयोग गर्नु हानिकारक हुन्छ । हुनत यसले शरीरमा नराम्रो कोलेस्ट्रोल त्यति बढाउदैन, तर धेरै प्रयोगले मोटोपनाको सम्भावनाको बढाउन सक्छ । यो तेलको एकपटक प्रयोग गरिसकेपछि पुनः प्रयोग गर्नु हुदैन । अर्थात सूर्यमुखी तेललाई Reuse and Reheating गर्नु हुदैन ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।