Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार
The Voice Of Nepal

द भ्वाइस जित्नेले के पाँउनेछन् ?

२८ मंसिर २०७५, शुक्रबार १७:४६


कतारमा फाइनलको तयारी पुरा भइसकेको छ । बिभिन्न देश अनि सस्था अनि साथै नेपालबाट जाने सम्पूर्ण क्रु सदस्य र पाहुनाहरुको आवागमन भइसकेको आयोजक ले जनाएका छन् । अबको केही घण्टामा द भ्वाइस अफ नेपालको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभीमा अनि साथै कतारमा पुग्नु भएकाले प्रत्यक्ष हेर्न सकिने छ । आजको फाइनल संगै यसपालाको द भ्वाइस अफ नेपालको सिजन १ समापन हुनेछ तथापी द भ्वाइसले आफ्ना आवाजहरुको बिभिन्न देशमा प्रस्तुति अनि कन्सर्ट आयोजना गर्दै वल्र्ड टुर गर्ने कुरा राखेको छ ।

कुशल आचार्य, सृजय थपलीया, सिडि बिजय अधिकारी या सप्तक दुतराज ??
कस्ले पाउनेछन् त प्रथम द भ्वाइस अफ नेपालको ताज ??
यो प्रश्नको उत्तरका लागि अब धेरै समय कुरिरहनै पर्दैन् ।
पूर्णत दर्शकको भोटमा आधारित यस फाइनलमा द भ्वाइस अफ नेपालले दर्शकको भोटको निर्णयलाई शिरोधार्य गर्नेछ भनें लगत्तै अब सिजन २ को अडिशन पनि शुरु गर्ने बताइएको छ । द भ्वाइसको अब लगत्तै सिजन २ को डिजिटल अडिशन शुरु गर्ने जनाइएको छ । अन्य रियालीटी शो मा झै डिजीटल अडिशनलाई घन्टौं कुनै नपर्ने अनि आफ्नो रेकर्ड घरबाटै पठाउन सकिने सहज रहेको द भ्वाइस आयोजक संस्थाले बताएको छ । यसरी डिजीटल अडिशनमा नेपाल भित्र र बाहिर जतासुकैका भएपनि नेपाली संगीतप्रेमीले आफ्नो आवाज समावेश गर्न सहज हुनेछ ।

द भ्वाइस अफ नेपाल केवल आवाजको रंगमञ्च भएकाले बिदेशी गीतको डिजीटल रेकर्ड आफ्नो भाषामा पठाएपनि केही फरक नपर्ने आयोजक बताँउदछन् । यस सिजनमा पनि बिभिन्न अन्य देशहरुबाट आवाजहरु समावेश हुन सकेका कारण डिजीटल अडिशनका कारणले नै भएको बताइन्छ । जे होस् सिजन २ मा निखारिएका आवाजहरुको प्रतिक्षामा द भ्वाइस अफ नेपाल रहने भनें पक्का छ है ।

प्रथम द भ्वाइस अफ नेपाल बन्ने आवाजले पाउनेछन् रु १५ लाख नगद, एउटा नयाँ गाडी अनि रु २० लाख बराबरको रेकर्ड डिल अनि बिश्व भ्रमण गर्ने मौका ।
आजको साँझ बिशेष छ किनभनें आज नेपाल अनि नेपालीले पाँउदैछन् आफ्नो प्रथम द भ्वाइस अफ नेपाल ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,