
बलिउड २०२० का नयाँ अनुहारहरु
२४ पुष २०७७, शुक्रबार २२:५४
लोकप्रिय
विश्व चलचित्र बजारमा सर्वाधिक चलचित्र तथा सङ्गीत उत्पादन गर्ने बलिउडले २०२० मा विवाद बाहेक अरु केही आर्जन गर्न सकेन । समस्या बलिउडमा मात्र हैन २०२० विश्व मनोरञ्जन बजारका लागि खराब बर्ष सावित भयो । कोरोना महामारीका कारणले पूरा विश्वमा नै लकडाउन लगाईयो । कोरोना र लकडाउनका कारणले सिनेमा हल बन्द हुदाँ २०२० मा चाहे अनुरूपका फिल्महरू प्रदर्शन हुन सकेन । यसका बाबजुद पनि बलीउडमा केही नयाँ नायक नायिकाले डेव्युु गरेका छन् । आउनुस् जानौं पाँच जना २०२० मा डेब्यु गरेका नायक नायिकाहरू को बारेमा ।
१. संजना सांघी [Sanjana Sanghi]
इम्तियाज अलीको रकस्टारमा मन्डी कौलको भूमिका खेल्ने संजना सांघीलाई त्यतिखेर कसैले पनि चिन्न सकेन, तर अहिले उनी राम्ररी जतासुकै परिचित छिन् ।
संजना सांघीले २०२० मा दिवङ्गत नायक सुशांत सिंह राजपूतको साथ फिल्म ‘दिल बेचरा’बाट बलिउडमा डेब्यू गरेकी थिइन । चलचित्रमा, संजनाले क्यान्सर ग्रस्त केटीको भूमिका खेल्छिन्, जुन मानिसहरूलेे निकै नै धेरै मन पराएका छन् । चलचित्रमा, सजनाले आफ्नो निर्दोषताका साथ उनको मन जितेेेेकि छन् ।
View this post on Instagram
२. अलाया फर्निचर [Alaya Furniture]
पूजा बेदीकी छोरी र कबीर बेदीकी नातिनी अलाया फूर्निचरवालाले यस बर्षे बलिउडमा प्रवेश गरिन् । र उनको निकै चर्चा पनि भयो अलायाले सैफ अली खानसँग फिल्म ‘जवानी जानेमान’ बाट बलिउडमा डेव्यु गरिन् । यद्यपि अलायाको अभिनयले सबै दर्शकहरू र आलोचकहरू सम्म सबैले प्रशंसा गरेका थिए ।
View this post on Instagram
३. आरूषि शर्मा [Aarushi Sharma]
इम्तियाज अलीको फिल्म ‘तमाशा’मा सानो भूमिका खेलेपछि आरुषि शर्माले बलिउड सन् २०२० मा डेब्यू गरिन् । आरुषिले इम्तियाजको फिल्म ‘लव आज कल’ बाट एक अभिनेत्रीको रूपमा कार्तिक आर्यानको साथमा बलिउडमा डेब्यू गरेकी थिइन । यस फिल्ममा उनले लीना गुप्ताको भूमिकामा खेलेकी थिइन ।
View this post on Instagram
४. आदिल खान [Aadil Khan]
बलिउडका प्रसिद्ध निर्देशक विधु विनोद चोपडाको फिल्मबाट २०२० मा आदिल खानले बलिउडमा डेब्यू गरेका हुन् । आदिलको पहिलो बलिउड फिल्म ‘शिकारा’ हो, जुन काश्मिरी पंडितहरूको प्रस्थानमा आधारित छ । फिल्ममा आदिलले एक काश्मिरी युवाको भूमिका खेलेको थियो, जुन मानिसहरूले राम्रो मन पराए ।
View this post on Instagram
५. सादिया खतीब [Sadiaa Khateeb]
आदिल खानसँग सादिया खतीबले पनि यो वर्ष बलिउड डेब्यू गरेकी हुन् । ‘शिकारा’ सादियाको पहिलो फिल्म पनि हो, जसमा उनले आदिलकी श्रीमतीको भूमिका खेलीकी थिइन।फिल्ममा सादियाको अभिनय सबैले मन परेका थिए र उनको प्रशंसा पनि भएको थियो ।
View this post on Instagram
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी। अमेरिकी फार्मा कम्पनी मडेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपले कोरोना भाइरसको नयाँ स्वरुपविरुद्ध पनि प्रभावकारी काम गर्ने दावी गरिएको
हामी साधन भएर पनि साधनविहीन छौं। हातमा सीप छ तर सृजना गर्दैनौं। पूँजी छ, लगानी गर्दैनौं। एउटा सफल औद्योगिक राष्ट्र
काठमाडौं। नेपाल प्रहरीको उपरीक्षक (एसपी)मा बढुवाका लागि १६ जनाको नाम सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बढुवा समितिको
सरकारले नेपाल–चीन सीमाका बारेमा स्पष्ट जानकारी समेत सार्वजनीक नगरेपछि ‘राष्ट्रिय एकता अभियान’ धर्ना बसेको हो । राष्ट्रिय एकता अभियानले सीमा क्षेत्रका