baburam bhattrai

अरूलाई गाली गर्ने कि आफ्नो देशलाई माया गर्ने ? : बाबुराम


काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुकको वर्तमान परिस्थितीका सामू ४ यक्ष प्रश्न खडा भएको टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले अहिले देशका सामू ४ यक्ष प्रश्न रहेको बताएका हुन् । उनले अब निर्वाचनमा पार्टी हेर्ने कि पुस्ता हेर्ने ? अरुलाई गाली गर्ने कि देशलाई माया गर्ने लगायतका प्रश्नलाई यक्ष प्रश्न भनेका छन् ।

प्रश्नहरू

१. चुनाव /पार्टी हेर्ने पोलिटिसियन कि पुस्ता/देश हेर्ने स्टेट्स्म्यान बन्ने ?

२. अरूलाई गाली गर्ने नेस्नालिस्ट कि आफ्नो देशलाई माया गर्ने प्याट्रिओट बन्ने

३. ओलीसँग झुक्ने कि संसद/संविधानका निम्ति मिलेर लड्ने ?

४. कुनै शक्ति ध्रुवमा लाग्ने कि भारत, चीन तथा अमेरिकाबीच सन्तुलन राख्ने ?


Loading comments...