कश्मीरी पण्डितले स्थेतोस्कोप छाडेर किन कलम समाए ?


इतिहासको एउटा कमजोरी हुन्छ, इतिहास सँधै पीडकले मात्र लेख्दछन् । पीडकहरुका आवाज त इतिहासमा न सुनिन्छ न लेखिन्छ । सबैजनाले ट्राजडि बाँचेको धरातलमा एउटा अर्केस्ट्रेड अर्थात बनाइएको अनि सिंगारिएको मिठो शब्दले इतिहास लेखिन्छ । इतिहासले पीडकलाई हिरो बनाउँछ अनि पीडितलाई त्यस हिरोज्मको फलोवर, कहिलेकाँही लाग्छ इतिहास बायस्ड छ । आज म कश्मीरी पण्डित (Kashmiri Pandits)ले किन कलम समाए, किन डाक्टर बन्न स्थेतो समाएन भन्ने विषयलाई यहाँ उजागर गर्न लेख्दैछु ।

८० को दशकमा जम्मुका एक ब्यापारी र शिक्षिकाकी छोरी प्रेरणाले आफ्नो लेखमा आफू डाक्टरको प्रवेश परीक्षा दिन जाँदा रेलमा भएको वार्तालापले कसरी आफूलाई स्थेतोस्कोप हैन कलम समाउन प्ररित गर्यो भनेर लेखेकी छिन् । इतिहास बदल्न कलम चाहिन्छ, मलाई त्यस्तो लाग्छ, शायद आफू पनि लेखक भएकाले हो की ?

कश्मीरी पण्डितहरुको बर्हिगमनलाई एथनीकल क्लीन्जीङको नामाकरण गर्दा हुन्छ, एउटा एथ्नीसिटी अर्थात एउटा समूदाय नै आफ्नो पुर्ख्यौली धर्तिबाट भगाइए, विश्वमा यस घटनाले पर्याप्त प्रकाश पार्न सकेको पनि छैन । म यो लेख लेख्दा कुनै हिन्दु, इसाई वा इस्लाम भएर लेखिरहेको पनि छैन, मेरो यस लेखमा कश्मीर हिंसामा मारिएका हजारौं शवहरुको अकाउन्ट, बलत्कृत महिलाहरुको लाज अनि एक्सोडसमा परेका परिवारहरुको आँशुका तथ्यांक नखोज्नुहोला ।

लेखकः सुयोग ढकाल

जनवरीमा कश्मीरी पण्डितहरुले आफ्नो एक्सोडसको वार्षिकी मनाउदछन् । उनीहरुको पीडा र बिछोडमा अनि न्यायको प्रतिक्षामा नेपालबाट हाम्रो पनि साथ छ ।

कुनै पक्षलाई समर्थन र असमर्थन छैन, कुनै पक्षलाई साथ र सहयोग छैन, यो न्यायको पक्ष हो, युद्ध क्रुर हुन्छ, अब कश्मीरलाई शान्तिको शुभकामना छ ! कश्मीरी पण्डितहरुलाई कश्मीर फर्कन सक्ने वातावरणको प्रत्याभूत गर्नका लागि सन् २०२० मा एक्सोडसको वार्षिकी गरिनेछ । यो कुनै उत्सव हैन, मारिएका अनि हराएका हजारौं कश्मीरी पण्डित परिवारहरुको पीडाको एउटा लर्को यस दिन पोखिनेछ ।

मलाई यस आलेख लेख्न भारतीय लेखिका प्रेरणा कौल मिश्राको लेखले साह्रै नै दायित्ववोध गरायो । ८० को दशकमा जम्मुका एक ब्यापारी र शिक्षिकाकी छोरी प्रेरणाले आफ्नो लेखमा आफू डाक्टरको प्रवेश परीक्षा दिन जाँदा रेलमा भएको वार्तालापले कसरी आफूलाई स्थेतोस्कोप हैन कलम समाउन प्ररित गर्यो भनेर लेखेकी छिन् । इतिहास बदल्न कलम चाहिन्छ, मलाई त्यस्तो लाग्छ, शायद आफू पनि लेखक भएकाले हो की ?

जम्मु उपत्यकाबाट अस्थाही सेल्टरमा लगिएका पण्डितहरुको अस्थाही शेल्टर नै अन्तत स्थायी एक्सोडस भयो । प्रेरणा त्यसपछि घर फर्कन पाइनन । सन् १९९० मा पठानकोटमा वसोवास गरिरहेकी प्रेरणा रेल चढेर जम्मुमा मेडिकल इन्ट्रान्स दिन गइरहेकी थिइन् । केहि पन्जाबी केटाहरु पनि त्यसै रेलमा चढेर कुरा गर्न थाले ।

पत्रिकामा कश्मीरको एक परिवारले आफ्नी छोरीको बिवाहका लागि निकालेको विज्ञापन जुन शायद कपोकल्पीत थियो, त्यसै विज्ञापनमा आधारित भएर ति केटाहरुले गरेका टिप्पणी र उनीहरुको धारणाले प्रेरणालाई स्थेतो छाडेर कलम समात्न प्रेरित गर्यो । कश्मीरिहरु आफ्नो इतिहासलाई पूर्नलेखन गर्न चाहन्छन्, उनीहरुलाई यस सरकारबाट अमनचैनको अपेक्षा छ अनि कश्मीरिहरु घर फर्कन चाहन्छन् ।

कश्मीरका हजारौं कथाहरु छन् तर तिनका श्रोताहरु छैनन, कश्मीरका अनेक पीडाहरु छन् तर तिनका मल्हम छैनन । कश्मीरको द्धन्द धर्मको मात्र हैन, पीडक र पीडितको हैन, कश्मीर अब पुरानो कुरा भुलेर नयाँ आयाममा जिउन चाहन्छ ।  कश्मीरी पण्डितका खाली घरहरु अब भरिन चाहन्छ, कश्मीरलाई कथा लेख्ने कलम र सुन्ने श्रोताहरु चाहिएको छ । एक्सोडसको ४ दशक बढि भइसक्यो ।


Loading comments...