फिसिङबाट कसरी बच्ने ? (भिडियो सहित)


गणेश कार्की – तपाईको इमेलमा वा मोबाइलको एसएमएसमा वा भाइबर, ह्वाट्सएप, इमो, टेलिग्राम वा फेसबुकतिरबाट तपाईलाई भर्दै नभरेको चिठ्ठा परेको जानकारी आएको छ कि छैन ? अथवा, कुनै नजिकको मानिस आपदमा परेर तुरुन्तै पैसा पठाउनु पर्ने नत्र ज्यान नै तलमाथि हुन सक्ने भन्ने किसिमको सन्देश आएको छ कि छैन ? त्यस्तै, फेसबुकमा कुनै एयरलाइन्सको अफर भन्दै वा बिल गेट्सहरु जस्ता धनीले पैसा दिने भन्दै लिंक सेयर गर्नेहरु पनि निकै धेरै देखिएका छन् ।

यदि तपाईलाई त्यस्ता किसिमका सन्देशहरु आएका छन् भने तपाईले ति कुराहरुलाई अगाडी बढाउनु भन्दा पहिले गर्नु पर्ने कुराहरु निकै धेरै छन् । ति सबै काम ठगहरुले झुक्याउनका लागि गरेका हुन सक्छन् । यसरी झुक्याउनेहरु यतिमा मात्रै सिमित छैनन्, बढ्दो सुचना प्रबिधिसँगै ठगहरुले आफ्नो सक्रियताको क्षेत्र र ठग्ने कुरा नगद बाहेक अरु तिर पनि फैलाएका छन् ।

अहिले अनलाइन वा सूचना प्रबिधिको प्रयोग गरेर ठगेका समाचारहरु निकै धेरै देखिन थालेका छन् । ठगीको रकम हजार वा लाख नभएर करोडौँ भएका हुन सक्छन् । कतिपय यस्ता ठगी त यस्तासम्म हुन्छन् कि पिडितले म ठगिएँ भन्ने आधार पनि भेट्दैन ।

हेर्नुहोस् भिडियो

 


Loading comments...