घट्दो पशुपालन र चिनद्वारा अतिक्रमित हुम्लाको लिमी


लाइभमाण्डू । पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षलाई भूमि अतिक्रमण गर्न सहज भएको भइरहेको छ ।

‘२०६० को दशकमा लिमी क्षेत्रमा धेरै संख्यामा पशुपालन गर्ने भएकोले लोलुङजोङ क्षेत्रभन्दा थप २/३ किलोमिटर परसम्म हामीले खर्क बनाएर पशुवस्तु राख्ने गरेका थियौँ’, नाम नखुलाउने शर्तमा एक स्थानीयले भने, ‘हामीले गाईवस्तु पाल्न छाडेसँगै आफैँले कमाउँदै आएको भूमि पनि छाड्नु पर्ने अवस्था आयो ।’

नेपालीहरू त्यहाँबाट विनाअवरोध मानसरोवर दर्शन गर्न जाने गरेका थिए । त्यतिबेला खुला मार्गका रुपमा लिमीको लाप्चा क्षेत्र प्रयोग हुँदै आएको थियो ।

‘चिनियाँ छोपा(पशुवस्तु पाल्ने) पनि हाम्रो(नेपाली) क्षेत्रमा पशु वस्तु ल्याउँथे । हामीहरुका पशुबस्तुसहित चरणखर्क उनीहरुको क्षेत्रमा पनि जान्थ्यो, त्यो क्षेत्र उनीहरु र हामी संयुक्त रुपमा मिलेर उपभोग गरेपनि अहिलको जस्तो विवाद थिएन’, ती स्थानीयले भने ।

पछिल्ला पाँच वर्षयता लिमीमा पशुवस्तुको संख्या घट्दै गएपछि आफ्नो गाउँभन्दा टाढाको क्षेत्रलाई चरण क्षेत्रका रुपमा प्रयोग गर्न छाड्दा पनि चीनले आफ्नो भू–भाग भन्दै नेपाली क्षेत्र अतिक्रमण गर्न थालेकाे ती स्थानीयकाे भनाइ छ ।

बारम्बार देखिदै विवाद
हुम्लाको यो क्षेत्रमा सीमा विवाद नयाँ भने होइन। सीमाविद्का अनुसार यो समाधान भइनसकेकको पुरानो विवाद हो । नेपाल र चीनबीच सन् १९६१/६२ मा पानी ढलोको सिद्धान्तका आधारमा सीमा विवाद समाधान भएपनि पूर्ण रूपमा रूपमा समाधान नभएकाे स्थानीय बताउछन् ।

सन् १९६३ मा दुवै देशका परराष्ट्रमन्त्रीले सीमा सम्बन्धी सन्धिमा हस्ताक्षर गरेका थिए । जसमा दुवै देशले तयार पारेको सीमाको नक्सा पनि समाबेश गरिएको थियो ।

स्थानीय भनिरहेकै छन् –हाम्रो भूमि मिचियो
विगत ५ वर्ष पहिलेदेखि नै सो स्थानमा चीनले ११ वटा ठुला भवन निर्माण गरेको छ । नाम्खा गाउँपालिका वडा नं. ६ को क्षेत्रमा पर्ने लाप्चा क्षेत्रमा चीनले नेपालतर्फ झन्डै डेढ किलोमिटर भू–भागमा चीनले भवनहरु निर्माग गरेको स्थानीयले आरोप लगाइरहेका छन् ।

नाम्खा गाउँपालिका वडा नं. ६ का एक स्थानीयका अनुसार उच्च हिमाली क्षेधा भएको र त्यहाँ नेपाली समुदायको उपस्थिति नहुने भएकोले चिनियाँ पक्षले निर्वाध रुपमा भवनहरु बनाएका हुन् ।

‘विगतमा त्यहाँ हाम्रो तिरबाट पशुपालनका लागि जाने गरिन्थ्यो, पछिल्लो समय यहाँबाट कोही पनि जाँदैनन् । यताबाट खाद्यान्न लैजाने र उताबाट च्यांग्रा तथा नुन ल्याउने बाटो त्यही हो’, ती स्थानीयले भने भने,‘तर अहिले भने त्यहाँ चीनले एकतर्फी रुपमा भवनहरु निर्माण गरेको छ । हामीले पनि केही समयअघि मात्रै जानकारी पाएका हौँ । त्यो भूमि हाम्रा पुर्खाहरुको प्रयोग गर्ने गरेको भूमि हो । गोठाला जाने र त्यहाँ गाइबस्तु पाल्ने काम हुन्थ्यो, हाम्रो जग्गामा चीनले अतिक्रमण गरेको हो ।’

केही वर्ष पहिले चीनले २ वटा भवन निर्माण गरेको र अहिले त्यहाँ थप ९ वटा भवन निर्माण भएको छ । लिमीका स्थानीयहरका अनुसार पछिल्लो समय चिनियाँ पक्षले आफुहरुलाई गर्ने व्यवहार पनि फेरिएको छ । त्यसलाई स्थानीयले सीमा अतिक्रमणसँग जोडेर हेर्ने गरेका छन् ।

‘अहिले त्यहाँ ९ वटा भवनहरू थप गरिएको छ । चार वर्ष अगाडि २ वटा भवन बनाइएको थियो । पठार क्षेत्र भएका कारण त्यहाँ नेपाल र चीनका कुनै पनि बस्ती छैनन । भवन कुन प्रयोजनको लागि बनाइएको हो, त्यो अहिले सम्म जानकारी नभएकाे स्थानीय बताउछन् ।

नाम्खा गाउँपालिका वडा नं. ६ को लिमी लाप्चामा चीनले सीमा अतिक्रमण् गरेको भनी स्थानीयले बारम्बार गुनासो गर्दै आएका छन् ।

नेपाल र चीनको सीमा पूर्वदेखि पश्चिमसम्म मुख्य ७९ र सहायक २१ गरी १०० वटा मार्कर राखिएका छन । नापी विभागका अनुसार सबै ठाउँमा पिल्लर नै नराखिएकोले उत्तरी सीमा छुट्याउने ठाउँलाई मार्कर भनिएको हो ।


हुम्लामा चीनले नेपाली भूमी मिचेको सम्बन्धी सबै सामाग्रीहरु

१) नेपाली भूमीमा चीनको भवन निर्माण, नेपालीलाई प्रवेशमा रोक
२) हुम्लामा चिनले गरेको भूमी अतिक्रमण विरुद्ध ‘लुम्बिनी नागरिक समाज’को विरोध
३) नेपाली भूमि मिचेको विरोधमा चिनियाँ दूतावास अगाडि युवाहरुको ब्यापक प्रदर्शन
४) हुम्ला घटनाका विरुद्ध सुर्खेतमा प्रदर्शन, ‘राष्ट्रिय एकता अभियान’का दुईजना पक्राउ
५) नेपाली भूमी अतिक्रमणविरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन, ६ जना पक्राउ
६) भूमि अतिक्रमण विरुद्ध ‘नेपाल रिपब्लिकन’द्वारा चिनियाँ दूतावास अगाडी प्रदर्शन
७) राष्ट्रिय एकता अभियानद्वारा चीनद्वारा अतिक्रमण गरिएको भूमी सम्बन्धमा नापी विभागसँग सूचना माग
८) नेपाली काँग्रेसका सांसदद्वारा हुम्ला निरीक्षण : चिनियाँ अतिक्रमणमा परेको लिमीवासी भन्छन् ‘चिनियाँले धम्की दिए’
९) सीमा निरीक्षणमा पुगेका परराष्ट्र मन्त्रीसहितको टोलीलाई चीनको अपमान !
१०) चीनद्वारा नेपालको भूमी मिचिएको विरोधमा दार्चुलामा विरोध र्‍याली
११) चीनले मिचेको भूमी फिर्ता माग्दै ‘विश्व हिन्दू महासंघ’को र्‍याली
१२) सीमा अतिक्रमणको चिनियाँ शैली बारे ‘ग्लोबल टाइम्स’ लेख्छ: हुम्लामा चिनियाँ बस्ती बसाएपछि भूमि दावी


Loading comments...