महाअभियोग प्रस्ताव दर्तापछि ट्रम्पले भने- यो हास्यास्पद छ


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता भएको घातक क्यापिट हिंसाअघिको आफ्नो सम्बोधन पूर्ण रूफमा उपयुक्त भएको बताएका छन् । उनले आफ्नो उक्त सम्बोधनमा संसद्तर्फ मार्च गर्न समर्थकहरूलाई आग्रह गरेका थिए ।
उनले हुलंगाको निम्ति उक्साएको आरोपमा डेमोक्र्याटहरूले आफूलाई महाभियोग लगाउन गरिरहेको प्रयासलाई हास्यास्पदको संज्ञा दिएको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति निर्वाचित जो बाइडनले सपथ ग्रहण गर्ने जनावरी २० तारिखदेखि ट्रम्पले कार्यालय छाड्दैछन् ।

तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा बुधवार उनीमाथि महाभियोग लगाउने प्रस्तावमा मतदान हुने ठानिएको छ । तर ट्रम्पले भने, ‘मलाई लाग्छ त्यसले हाम्रो देशमा भयानक खतरा र भयङ्कर आक्रोश निम्त्याउँछ। म हिंसा चाहन्न ।’

उनी मेक्सिकोसँगको सिमानामा निर्मित पर्खालको अवलोकन भ्रमणको निम्ति टेक्ससतर्फ प्रस्थान गर्दा संवाददाताहरूसँग बोल्दै थिए । पाँचजनाको ज्यान गएको र कम्तीमा ६० जना प्रहरी सहित दर्जनौँको संख्यामा मानिसहरू घाइते भएको क्यापिटल भवनको हिंसापछि उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन् ।

वासिङ्टनमा ज्यानुअरी ६ तारिखमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने अप्रमाणित दाबी दोहर्‍याएका थिए । उनले आफ्ना समर्थकहरूलाई संसद् भवनतर्फ मार्च गर्न पनि आग्रह गरेका थिए । ट्रम्पले हजारौँ समर्थकहरूलाई भनेका थिए, ‘हामीले क्यापिट जाँदैछौँ र हाम्रा पौरखी सिनेटर अनि सांसदलाई प्रेरणा दिनेछौँ, तपाईँहरूले शक्ति देखाउनु पर्छ र बलियो बन्नु पर्छ ।’

उनले शान्तिपूर्ण ढंगले आफ्नो आवाज सुनाउन त्यसो गरिने बताएका थिए । तर उनका समर्थकहरूको क्यापिट भवन प्रवेश हिंसामा परिणम भयो । उक्त घटनापछि भने ट्रम्पले एउटा भिडिओ सन्देशमा प्रदर्शनकारीहरूलाई घर फर्किन आग्रह गरेका थिए । उनको भनाइ थियो, ‘चुनावलाई हामीबाट चोरियो । तर अहिले तपाईँहरू घर जानुपर्छ । हामीले शान्ति कायम गर्नुछ । हामी चाहन्छौँ कसैलाई क्षति नपुगोस् ।


Loading comments...