
‘केबीसी १२’ को छायांकन सकेर अमिताभले गरे अवकाशका कुरा
१ माघ २०७७, बिहीबार १५:२०
मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले ‘कौन बनेगा करोडपति १२’ को अन्तिम एपिसोडको छायांकन सकाएका छन् । उनले आफ्नो ब्लगको अन्तिम एपिसोडको छायांकनबारे लेखेका छन् । जसमा उनले अवकाश (रिटायर्ड) बारे पनि कुरा गरेका छन् ।
उनले रिटायरमेन्टबारे लेखेका छन्, “म अब थाकिसकेको छु र रिटायर भइसकें… म तपाईंहरु सबैसँग माफी चाहन्छु… कौन बनेगा करोडपति छायांकनको यो अन्तिम दिन निकै लामो भयो… सायद भोलि ठीक हुनेछु, तर याद राख्नुहोस्… काम त काम हो त्यसैले यसलाई पूर्ण जोशका साथ गरिनुपर्छ ।” साथै उनले सेटमा बिताएको अन्तिम रमाइलो र प्यारो क्षणलाई पनि उल्लेख गरेका छन् । अन्तिम दिन एक-अर्कामा माया साटासाट गरेको पनि अमिताभले ब्लगमा समेटेका छन् । उनले कोरोना भाइरससँगको लडाइँमा जित हासिल गरेसँगै केबीसी १२ को छायांकन पुनः सुरु गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।