
रुसमा मास भ्याक्सिनेशन गर्न पुटिनको निर्देशन
१ माघ २०७७, बिहीबार १६:०१
रुसी राष्ट्रपति भ्लादीमिर पुटिनले स्वास्थ्य निकायलाई मास भ्याक्सिनेशनको प्रक्रियालाई अगामी साता देखि तीव्रता दिन निर्देशन दिएका छन् । उनले क्याबिनेट बैठकमा सम्बन्धीत निकायलाई प्रक्रियालाई आगामी साता देखि सुरु गर्ने निर्देशन दिएका हुन् । यस सन्दर्भमा पुटिनको भनाई उदृत गर्दै तासले लेखेको छ,‘प्रधानमन्त्रीले मलाई विगत साता देखि नै हामीले मास भ्याक्सिनेशनलाई सुरु गरिसकेका बताउनु भयो । हाम्रो उत्पादन केन्द्रले आफ्नो समय तालिका अनुसार पर्याप्त मात्रामा भ्याक्सिन प्रदान गरेको छ । तर, हामी ठूलो मात्रामा मास भ्याक्सिनेशन प्रोग्रामलाई सुचारु गर्न जरुरी छ ।’
रुसका सम्पूर्ण जनसंख्यालाई पुग्ने गरी मास भ्याक्सिनेशन शुरु गर्नुपर्नेमा उनको निर्देशन थियो । रुसमा मास भ्याक्सिनेशनका लागि विशेष पुर्वाधार नचाहिएकोमा उनले भगवानलाई धन्यवाद समेत दिएका छन् । अन्य भ्याक्सिनलाई यतायात सम्बन्धी समस्या देखिएता पनि रुसी भ्याक्सिनलाई कुनै तापक्रममा ओसार पोसार गर्न सकिने र त्यसले भ्याक्सिनलाई कुनै पनि असर नपर्ने जनाइएको छ । अन्य देशमा निर्माण भएको भ्याक्सिनलाई ओसार पोसार गर्न सन्तुलित तापक्रममा राख्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
वाशिङ्टन (एजेन्सी)। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण गर्नुअघि अमेरिकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। अमेरिकाका सबै ५० राज्यमा
भारतीय रक्षा मन्त्री तथा भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिंहले भारतीय टिभी च्यानल आजतकको कार्यक्रम “सीधी बात”मा चीन तथा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता भएको घातक क्यापिट हिंसाअघिको आफ्नो सम्बोधन पूर्ण रूफमा उपयुक्त भएको बताएका छन् । उनले
उत्तर कोरिया- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारुढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् । पार्टीको आठौँ