
नुवाकोटमा आज चालीस हल गोरु जुधाईयो
१ माघ २०७७, बिहीबार १८:२५
विगतका वर्षझैं यसपटक पनि नुवाकोटका विभिन्न भेगमा भव्य रूपमा गोरु जुधाइँदैछ। हरेक वर्ष माघे संक्रान्तिमा हुने यस्तो कार्यक्रम तारुकासहित विभिन्न स्थानमा हुँदैछ।
चार स्थानमा मेलासहित ४० हल गोरु जुघाउने कार्यक्रम तय भएको छ।
तारकेश्वर गाउँपालिका–३ चन्दनीमा भव्य मेला आयोजना गरिएको छ। चन्दनीमा यस वर्ष २२ हल गोरु जुध्नेछन्। विदुर नगरपालिका–१० वेत्रावतीमा ५ हल, शिवपुरी गाउँपालिकाको शेराबगरमा ७ र पञ्चकन्या गाउँपालिकामा ६ हल गोरु जुधाउने तयारी गरिएको छ।
यस्तो कार्यक्रम नुवाकोटको मात्रै नभई सिंगो नेपालको पहिचान बनेको छ। मेलाको सबै तयारी सकिएको तारुका माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले बताए। ऐतिहासिक गोरु जुधाई मेला सभ्य, भव्य र सुरक्षित रूपमा सम्पन्न हुने उनको भनाइ छ। बिहीबार १० बजेदेखि कार्यक्रम सुरु हुने श्रेष्ठले जानकारी दिए।
चन्दनीमा मेला सफल बनाउन गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतका संघसंस्थाबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ। मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने आयोजकले जानकारी दिए। तारुकाको मेला व्यवस्थित बनाउन नौ सदस्यीय आयोजक समिति गठन गरिएको छ। त्यहाँको कार्यक्रम हेर्न आन्तरिक र बाह्य पर्यटक आउने गर्छन्। कच्ची र धुलो बाटो छिचोल्दै चन्दनी पुग्ने सयौं व्यक्तिले मेला अवलोकन गर्ने आयोजक संस्थाका सल्लाहकार जनकराज ढुंगानाले बताए। मेलामा जुध्ने गोरु दर्ताका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ।
गत वर्ष गोरु वर्गीकरण गरी क र ख वर्गअनुसार पुरस्कार वितरण गरिएको थियो। क वर्गको विजेता गोरुधनीलाई ९ हजार, उपविजेतालाई ८ हजार रुपैयाँ प्रदान गरिएको थियो। त्यसैगरी ख वर्गका विजेतालाई ७ र उपविजेतालाई ६ हजार रुपैयाँ प्रदान गरिएको थियो। २०६० सालदेखि गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि तारुकाको गोरु जुधाईले अहिले मेलाको स्वरूप ग्रहण गरेको छ। नुवाकोटमा तारुकासँगै माघे संक्रान्तिका दिन विदुर–१० बेत्रावती, पञ्चकन्याको घलेभन्ज्याङ, शिवपुरीको शेराबगरलगायत स्थानमा यस्तो कार्यक्रम हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई