Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

अर्काको जग्गा बिक्री गरेको आरोपमा कर्मचारी पक्राउ

१ माघ २०७७, बिहीबार १८:३०

कर्णाली। जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वीरेन्द्रनगर-६ का सौगात रावतको नाममा वीरेन्द्रनगर-८ शङ्करचोकमा रहेको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गरी फरकफरक व्यक्तिलाई बेचेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले प्रारम्भिक अनुसन्धान सुरु भइसकेको बताउँदै भने, ‘पीडितको जाहेरी आउन बाँकी छ, जाहेरी आइसकेपछि विस्तृत अनुसन्धान सुरु हुन्छ ।’

प्रहरी निरीक्षक शाहीले अर्का आरोपी ठाकुर फरार भएको र उनको खोजी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इलाम – इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको

प्रतिमा सिलवाल/ चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका  पाँच जना पुरुष मध्ये

काठमाडौं – बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्‍वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई

मोरङ । आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय