Lifestyle Portal
  •   ३० श्रावण २०७९, सोमबार

राजदूत यान्छीले फेरी भेटिन राष्ट्रपति भण्डारी

२ माघ २०७७, शुक्रबार ११:०३

चिनियाँ राजदूत होउ यान्छीले मर्यादा क्रम मिच्दै फेरि एकपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छिन। आज साँझ उनी शितलनिवास पुगी राष्ट्रपति भण्डारीलाई भेटेकी हुन् ।

भेटमा उनले नेकपा विभाजनको अवस्थाबारे छलफल भएको बुझिएको छ । उनले नेकपा कसरी मिलाउन सकिन्छ भनेर समेत परामर्श गरिएको समेत बुझिएको छ ।

साँझ साँढे ५ बजे शितलनिवासमा प्रवेश गरेकी यान्छी ८ बजेपछी मात्र निस्किइन । पछिल्लो समय सर्वोच्च अदालतमा प्रतिनिधि सभा बिघटनसम्बन्धी रिटउपर संवैधानिक इजलाशमा सुनुवाई भइरहेको बेला यान्छीको सक्रियता ह्वात्तै बढेको देखिन्छ जसले चिनियाँ हस्तक्षेप ठाडै भएको भान हुनथालेको छ।

संसद पुनःस्थापना भए नेकपा मिल्ने सम्भावना भएको निर्क्यौल निकाल्दै सोही अनुसार चिनियाँ रणनीति बनेको बुझिएको छ ।

उता निर्वाचन आयोगले चाँडै नै सुर्य चिन्ह र नेकपाको वैधानिकता कुन समुहलाई दिने बारे निर्णय दिनु पर्नेछ। राजदूत यान्छी ओलि समुहले सुॠ चिन्ह पाउने हो कि भनी पनि चिन्तित रहेको पाइएको छ। ओली समुहले सुर्य चिन्ह नपाओस भने पनि यान्छीले अदालतले आज संसद बिघटनसम्बन्धी बृहत पूर्ण इजलाश नगई भई संवैधानिक इजलाशमै सुनुवाई हुने परमादेश पनि आज जारी भएको छ । यससँगै चिनियाँ राजदूत यान्छी अदालतको फैसलामा दखल दिन सकिन्छ कि भनी अन्तिम कसरतस्वरूप फेरि सक्रिय भएकी जानकारहरू बताउछन् ।

नेपाली राजनीतिमा खुल्लेआम सक्रिय देखाईरहेको चीनले कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यचौको नेतृत्वमा गत महिना टोली पठाएको थियो । उक्त टोलीले नेकपा मिलाउन पहल गरेको थियो । चीनबाट गोप्य रुपमा तीन सदस्यीय टोली सडकमार्ग हुँदै छिरेको थियो । चिनियाँ टोली नेकपा मिलाउने उपायसहित भित्री रुपमा निकै सक्रिय भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।