Lifestyle Portal
  •   ३० श्रावण २०७९, सोमबार

ओली सन्की शासक : नेपाल

३ माघ २०७७, शनिबार २०:१६

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सन्की शासक भएको आरोप लगाएका छन् ।

शनिबार दाङको तुलसीपुरमा जिल्लास्तरीय अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै उनले ‘मैले जे गरे त्यही विधि, संविधान र कानुन भन्ने सन्की शासकका रुपमा ओली प्रस्तुत भइरहेको’ आरोप लगाए ।प्रधानमन्त्री ओलीलाई कसैको सुझाव र आलोचनभन्दा प्रशंसा मात्र चाहिने भन्दै नेता नेपालले ओली समूहलाई गुटको संज्ञा दिए ।

नेता वर्षमान पुनले पार्टीमा देखिएको विवाद पद र प्रतिष्ठाको नभइ विचारको लडाइँ भएको बताए । उनले प्रधानमन्त्री ओलीले गएको जेठमै विघटन गर्न लागेको प्रतिनिधिसभालाई आफूहरुले नै तानेर पुस ५ गतेसम्म ल्याएको बताए ।

नेता युवराज ज्ञवालीले ओली कम्युनिस्ट नभइ कम्युनिस्टको खोल ओडेको व्यक्ति भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।