Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

कोरोना विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने भारतको आश्वासन

३ माघ २०७७, शनिबार २०:१९

भारतले कोरोना विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने आश्वासन दिएको छ । कोरोना विरुद्धको खोपसहयोग गर्ने राष्ट्रमा नेपाल पहिलो प्राथमिकतामा रहेको भारतले प्रतिबद्धता जनाएको हो । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा भारतले कोरोना विरुद्धको खोप सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकले कोरोनाका कारण बन्द रहेको हवाई तथा स्थल मार्गहरु अनूकुलता हेरी खुला गर्ने, हुलाकी सडक अन्तरगतका सम्पन्न ११ वटा खण्ड हस्तान्तरण गर्ने, रक्सौल–काठमाडौं रेल निर्माणका लागि भइरहेको फिल्ड लोकेशन सर्भे तत्काल सुरु गर्ने, जयनगर– कुर्थासम्मको रेल लाइन वर्दिबाससम्म निर्माण गर्नेलगायत निर्णय भएको पराष्ट्रमन्त्री प्रदीप ज्ञवालेले आज जारी गरेको प्रेस नोटमा उल्लेख छ ।परराष्ट्रमन्त्री ज्ञवालीले भारत भ्रमणले दुई देशको सम्बन्ध मजबुत बनाउन योगदान पुगेका बताएका छन् । भारत भ्रमणबाट फर्किएलगत्तै उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भारत भ्रमणले नेपाल भारत सम्बन्ध थप मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

“भारत भ्रमणले घनिष्ठ, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने दिशामा योगदान पुगेको विश्वास छ,” उनले भने, “थप द्विपक्षीय भ्रमण हुने र सम्बन्ध मजबुत हुने विश्वास छ ।”

नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठक हिजो भारतको नयाँ दिल्लीमा सम्पन्न भएको थियो । बैठकको सह–अध्यक्षता नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भारतका तर्फबाट विदेश मन्त्री एस जयशंकरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।