Lifestyle Portal
  •   १४ माघ २०७९, शनिबार

सूर्य चिह्‌न चाहिने भए बैठकमा आउनू : ओली

३ माघ २०७७, शनिबार २०:२३

लोकप्रिय

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेताहरुलाई चुनाव चिह्न सूर्य किन चाहियो भन्दै प्रश्न गरेका छन् । प्रदेश १ को सम्पर्क कमिटीले आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले सूर्य चिह्न चाहिने भए बैठकमा आउनुपर्ने बताए ।

उनले पुष्पकमल दाहाल र माधव कुमार नेपाललगायत नेताहरु केन्द्रीय कमिटीमा नआएर अध्यक्ष र महासचिवलाई थाहा नदिई निर्वाचन आयोग गएको बताए ।

“चुनाव चिह्न किन चाहियो ? चिह्न दाबी गरेकोले एकपटक पनि चुनाव लडेको छैन । सूर्य चिह्न चाहिन्छ भने बैठकमा आउनुस् । उनले चुनावी गठबन्धन गर्दा नमानेकाले जनताले अर्कै चिह्नमा भोट हाल्नु परेको बताए ।

उनले झुटको साहराले अर्को पक्ष अघि बढिरहेको बताए । उनले अदालत र आयोगलाई काम गर्न नदिएको आरोप पनि लगाए । उनले आफूले न्यायाधीशसँग भेट नगरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री

काठमाडौं, १४ पुस । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ

काठमाडौं – आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा