के कन्चनपुरमा भूमी मिचिएको हो? एसएसबी भन्छ “हाम्रै भूमीमा चेकपोष्ट राखेका छौं”


कञ्चनपुर । नेपालको कञ्‍चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको र एसएसबीले नेपालीहरूलाई आफ्नै खेतमा जान नपाएको भन्दै आज एक राष्ट्रिय दैनिकमा आएको समाचार सत्य नहरेको एसएसबीका एक अधिकारीले दावी गरेका छ्न। भारतीय पक्षले समाचारमा मिचिएको क्षेत्र भारतमै पर्ने र त्यहा उखु तस्करीलाई रोक्‍न चेकपोइन्ट स्थापना गरिएको स्पष्ट पारेको छ ।

नाम नबताउने शर्तमा एसएसबीका सो अधिकारीले भारतको पिलभीत जिल्ला र कञ्‍चनपुरको बेलोरी र बेलडाँडी नगरपालिकाको सीमा जोडिएको क्षेत्रमा चेकपोइन्ट स्थापना गरिएको बताए । यस सीमा क्षेत्रमा स्थानीयहरुले उखु बाली बिक्रीका लागि लैजाने गरेका छन् । यो उखुको सिजन भएका कारण एसएसबीका अधिकारीहरूले भारतीय क्षेत्रमा सीमा छेउछाउको अस्थायी चेकपोइन्टहरु स्थापना गरेको कुरा बताएका छन् ।

यधपी समाचारमा ती चौकीहरु ‘नो म्यान्स ल्याण्ड’ मैं स्थापना गरिएको बताइएका छन् भने एसएसबीका अधिकारीहरुले भने ती चौकीहरु ‘नो म्यान्स ल्यान्ड’मा नभएको बताएका छन् । यस घटनाको बारेमा एसएसबी ४९ बटालियनले आफ्नो माथिल्लो निकायमा मौखिक रिपोर्ट गरिसकेको छ ।

भारतीय अधिकारीहरुले भनेका छन्, “उखुको तस्करी रोक्नका लागि अस्थायी चौकीहरु निर्माण गरिएका छन् । दशगजाको नजिकै रहेको चौकी राखिएको स्थान भारतमा पर्दछ र नेपाली अधिकारीहरूलाई यस विषयमा पूर्ण जानकारी छ ।”


Loading comments...