भट्टराईलाई लक्षित गर्दै ओलीले भने- चुनाव जितेपछि मन्त्री बनाइदिएँ, पुक्क लात्ता हानेर पो भाग्यो


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री योगेश भट्टराईलाई बैगुनी केटा भन्दै व्यांग्य हानेका छन् । प्रदेश १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भट्टराईमाथि व्यांग्य हानेका हुन् ।

‘म कुनै बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहन्न, हाम्रै प्रदेशमा पनि त्यस्तै देख्या छ, यो केटालाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाएर देखाउँछु भनेँ, कुदाकुदा गरेर भोट पनि मागे,’ प्रधानमन्त्री ओलीले भने, ‘जितेर आएपछि मन्त्री बनाइदिएँ, एक दिन त पुक्क लात्ता हानेर पो भाग्यो, को भनेर यसो हेर्दा त उही केटो ।’

प्रतिनिधि सभाको निर्वाचनमा ओलीले भट्टराईको निर्वाचन क्षेत्र तेह्रथुममा पुगेर जिताउन आग्रह गरेका थिए । ओलीले त्यसबेला भट्टराईलाई मन्त्री बनाउने प्रतिवबद्धता जनाएका थिए ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै भट्टराईले मन्त्री पदबाट राजीनामा दिएर सरकारविरुद्ध आवाज उठाउँदै आएका छन् ।


Loading comments...