नेपाल हाम्रो परिवार, बिमतीका कुराहरु छन्, हामी बसेर समाधान गर्छौंः भारतीय रक्षा मन्त्री राजनाथ सिंह


भारतीय रक्षा मन्त्री तथा भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिंहले भारतीय टिभी च्यानल आजतकको कार्यक्रम “सीधी बात”मा चीन तथा पाकिस्तान देखि नेपालसम्म, छिमेकीहरुसँगको सम्बन्ध तथा भारत पाक तथा चीन सीमामा भएका वर्तमान अवस्थाका तनावका विषयमा खुलेर कुराकानी गर्नुभएको छ ।

प्रभु चावलाको प्रश्न थियो भारतीय रक्षा मन्त्री राजनाथ सिंहलाई “नेपालसँगको सम्बन्धमा तनाव” सन्दर्भमा राजनाथ सिंहले भने, “नेपाल हाम्रो परिवार हो । हामीले यो विर्षनु हुन्न की नेपालसँग हाम्रो रोटी-बेटीको सम्बन्ध छ ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भने, “म नेपाललाई लिएर कुनै कटु प्रतिक्रिया दिन सक्दिन, नेपाल केवल छिमेकी हैन हाम्रो परिवार पनि हो । यदि परिवारको भाई खुशी छैन भने उसको बिमतीका कुराहरुलाई लिएर प्रतिक्रिया दिइदैन, सँगै बसेर मनाउने काम हुन्छ ।” उनले अगाडी थपे, “नेपाल यदि खुशी छैन भने हामी उसँग बसेर, सँगै एकसाथ मिलेर कुरा गर्नेछौं, नेपालसँग कुरा हुन्छ ।”

चीनसँग जारी तनाव तथा कुराकानीका सन्दर्भमा पनि उनले कार्यक्रममा आधिकारीक विचार प्रस्तुत गर्दै भनेका छन्, “हामीले जे भन्नु थियो, भनि सक्यौं, ति कामहरु हामीले गरिसक्यौं । अब कुराकानी चीनमाथी भरपर्छ । हामी चीनसँग बिना कुनै शर्त कुराकानीका लागि तयार छौं ।”

भारतीय रक्षा मंत्रीले सीमामा भइरहेका बिकास निर्माणका सन्दर्भलाई उजार गर्दै भने, “हामी कुनै पनि देशलाई आफ्नो शत्रु मान्दैनौ । सीमामा बिकास निर्माणले तिब्रता पाउनु भनेको हाम्रो सीमावर्ती क्षेत्रमा रहने जनताहरुको सुविधाका लागि हो, विकासका लागि हो युद्धका लागि हैन ।”


Loading comments...