Lifestyle Portal
  •   २८ श्रावण २०७९, शनिबार

अदालतलाई दबाब नदिन प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी

४ माघ २०७७, आईतवार ०१:४७

लोकप्रिय

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतलाई दबाब नदिन चेतावनी दिएका छन् ।

शनिबार कांग्रेस मध्यपुर थिमी नगर समितिले प्रतिनिधसिभसभा विघटनविरुद्ध आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
ad
अदालतलाई दबाब नदिन प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी
ad
19
Shares
facebook sharing buttontwitter sharing buttonsharethis sharing button
ad
बाह्रखरी२०७७ माघ ३ शनिबार २२:०३:००
अदालतलाई दबाब नदिन प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतलाई दबाब नदिन चेतावनी दिएका छन् ।

शनिबार कांग्रेस मध्यपुर थिमी नगर समितिले प्रतिनिधसिभसभा विघटनविरुद्ध आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

ad
ad
शर्माले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख रहेको बताए । ‘‘प्रधानमन्त्रीजी तपाईंले अदालततिर फर्किएर दबाबको भाषा नबोल्नुहोला । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरु तपाईंको नेकपाको पोलिटब्युरो सदस्य होइनन् । या शीतल निवासमा बसेकी राष्ट्रपतिजस्तो पनि होइनन्, जसले तपाईंको एक इशारामा सही धस्काइदिनुहुन्छ,’’ उनले भने, ‘‘पढेर, लामो कानुनी ज्ञान लिएर, संविधानको राम्रो जानकारी राख्ने न्यायाधीशहरु हुनुहुन्छ । उहाँहरुले निर्णय गर्दैगर्दा कमरेड केपी ओलीको भाषणको स्क्रिप्टमा हेरेर होइन, यो देशका जनताले संविधानसभामार्फत निर्माण गरेको संविधानको पुस्तकलाई हेरेर, धारा धारालाई हेरेर निर्णय गर्नुहुन्छ ।’’

उनले प्रधानमन्त्री ओलीले ‘प्रतिनिधिसभा विघटन हुँदैन भनेर कसले भनेको’ भनेर जुहारी खेल्न आएको भन्दै त्यसो गर्न प्रधानमन्त्रीलाई नसुहाउने बताए । जनतालाई कोरोनाविरुद्धको खोप चाहिएको भन्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई भने भोट चाहिएको भन्दै कटाक्ष पनि गरे ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा

मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै