
ओलीले निर्वाचन नगराउने नेता कोइरालाको दाबी
४ माघ २०७७, आईतवार ०२:०६
नवलपुर। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीले निर्वाचन गराउनेमा आफूलाई विश्वास नलागेको बताएका छन् ।
नेकपा दुई चिरामा परेको निर्वाचन आयोगबाट वैधानिकता अझै नपाएको भन्दै महामन्त्री डा. कोइरालाले ओलीले निर्वाचन नगर्ने दाबी गरे ।नेपाली कांग्रेस देवचुली नगरपालिकाको आयोजनामा शनिवार दुम्कौलीस्थित सिजी गेटमा आयोजित विरोध कार्यक्रममा बोल्दै कांग्रेस कोइरालाले संविधानलाई सहि बाटोमा ल्याउन पनि प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्नेमा जोड दिए ।
‘प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान नै च्यातेका छन्’, उनले भने, ‘संविधानको रक्षा गर्न पनि काङ्ग्रेस सडकमा आउनु परेको छ ।’
सत्तरी वर्षको संघर्षपछि बनेको संविधानलाई ओलीले च्यातेको उनले आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री
काठमाडौं, १४ पुस । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ
काठमाडौं – आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा
काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा