
नेपाल-भारत संयुक्त आयोगको बैठकमा छलफल भएका १७ मुद्दाहरु के-के हुन् ?
४ माघ २०७७, आईतवार ०२:१२
काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको छैटौंमा भाग लिन गएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार स्वदेश फर्किएका छन् । संयुक्त आयोगको बैठकमा नेपालको नयाँ नक्सा र सीमासम्बन्धी मुद्दाहरुको समाधानका लागि गरिने वार्ताका विषयमा छलफल गर्ने भनिए पनि त्यसो हुन भने सकेन ।
बैठकमा विभिन्न १७ वटा मुद्दामा छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालफले जानकारी दिएका छन् । उनले भने, “नेपाल-भारत संयुक्त आयोगको बैठकले राजनीतिक सुरक्षा तथा सीमा, कनेक्टिभिटि/पूर्वाधार एवं आर्थिक सहयोग, व्यापार तथा पारवहन, उर्जा तथा जलश्रोत र संस्कृति, पर्यटन तथा शिक्षा गरी मुख्यतः पाँचवटा समूह अन्तर्गत आपसी सहयोगका विविध पक्षहरुमा समष्टिगत समीक्षा गर्दै द्विपक्षीय सहयोग प्रबर्धन गर्ने सहमति भएको छ ।”
उनले भने, “नेपाल-भारत सम्बन्ध घनिष्ट, सघन र विविध रहेकोले द्विपक्षीय संयन्त्रहरू नियमित र प्रभावकारी हुनु अत्यन्त जरूरी भएकोसमेत बताएका छन् ।
छलफलमा सन् १९५० को सन्धिको पुनरावलोकन, प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन, सीमासम्बन्धी बाँकी कार्यहरु टुंग्याउनेलगायतका विषयमा गहन छलफल भइ सकारात्मक निष्कर्ष निकाल्ने काम भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिएका छन् ।
बैठकमा के-के विषयमा भयो छलफल ?
– छलफलको महत्वपूर्ण विषयका रूपमा रहेको कोभिड भ्याक्सिनको तत्कालको टड्कारा आवश्यक्ता पूर्ति गर्ने बारेमा भारतसँग छलफल भएको छ । भ्याक्सिन सहयोगमा नपाल प्राथमिकतामा रहने कुरा भारतले स्पष्ट गरेको छ ।
– कोभिडका कारण बन्द हवाई तथा स्थल मार्गहरु अनुकूलता हेरि क्रमशः खोल्दै जाने निर्णय भएको छ ।
– तराई (हुलाकी) सडक अन्तर्गतका १४ खण्डमध्ये सम्पन्न ११ वटा खण्डहरु हस्तान्तरणको प्रकृयामा पुगेका छन् । तीनको हस्तान्तरणको प्रकया अगाडि बढाउन तथा बाँकी तीनवटा खण्ड शीघ्र सम्पन्न गर्ने विषयमा कुराकानी भएको छ ।
– रक्सौल-काठमाडौं रेल निर्माण सम्बन्धमा फिल्ड लोकेसन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेको छ । सो कार्य शीघ्र सुरु गर्ने दिशामा सहमति भएको छ ।
– रेल सञ्चालनसम्बन्धी एसओपीलाई अन्तिम रुप दिइ जयनगरदेखि कुर्थासम्म रेल सञ्चालन सुरु हुने चरणमा पुगेको छ । उक्त रेललाइन बर्दिवाससम्म निर्माण गर्न आवश्यक सबै कार्य गर्ने कुरा भएको छ ।
– भैरहवामा एकीकृत चेकपोष्टको काम शीघ्र सुरु गर्ने विषयमा कुराकानी भएको छ । महाकालीमा निर्माणाधीन चार लेनको सडक/पुललाई भारतको राष्ट्रिय सडक सञ्जालमा जोड्न भारत सहमत भएको छ । यसबाट नेपालको सुदूरपश्चिम क्षेत्र र भारतको उत्तराखण्डबीचको सडक सञ्जाल मजबुत हुने छ ।
– भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने तथा त्यस अन्तर्गतका परियोजनालाई अन्तिम रुप दिने विषयमा छलफल भएको छ ।
– नेपाल भारतबीचका पारवहन र रेल सम्बन्धी सन्धी सम्झौताहरु पुनरावलोकनको प्रकया छिटो सम्पन्न गर्ने र वाणिज्य सन्धीको पुनरावलोकनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको छ ।
– व्यापार प्रवर्द्धन गर्ने, यस क्षेत्रका अवरोधहरु हटाउन सहयोग गर्ने र नेपालको निर्यात बढाउने ठोस उपाय अवलम्बन गर्न नेपाली पक्षले भारत सरकारलाई अनुरोध गरेको छ ।
– जलमार्गको निर्माण तथा विस्तार र सीमापार आर्थिक क्षेत्रहरु निर्माणसम्बन्धी विषयहरुमा पनि छलफल भएको छ ।
– सन् २०१४ मा हस्ताक्षर भएको उर्जा व्यापार सम्झौतामा विद्यमान खुला बिद्युत व्यापारको व्यवस्था अनुरुप भारतले सीमापार उर्जा व्यापार प्रक्रिया शीघ्र जारी गर्ने र इनर्जी बैंकिङको व्यवस्थालाई भारत सरकारले सीमापार सीमापार प्रसारण नियम र निर्देशिकामा समावेश गर्ने नेपालको अनुराध सम्बन्धनमा छलफल भएको छ ।
– ढल्केवर-मुजफरपर उच्चभोल्टको ट्रान्समिसन लाइनको निर्माणपछि भैरहवा-गोरखपुर उच्चभोल्टका ट्रान्समिसन लाइनलगायतका अन्य सीमापार ट्रान्समिसन लाइनका निर्माण प्राथमिकतामा राख्ने सहमति भएको छ ।
– पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न दुबै मुलुक सहमत भएका छन् ।
– महाकाली सन्धिको प्रावधान अनुसार नेपालले पाउनुपर्ने पानीको लागि टनकपुर बाँधमा हेड रगुलेटर र लिंक क्यानलको काम अगाडि बढाउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन गरिएको छ ।
– महाकाली नदीमा सिरसा, झुलाघाट र दार्चुलामा गरी तीनठाउँमा मोटर आवत जावत गर्नसक्ने पुल निर्माणका विषयमा पनि कुराकानी भएको छ ।
– भारतीय भूमिमा निर्मित सडक र पूर्वाधारका कारण नेपालको सीमा क्षेत्रका गाउँ तथा सहरहरुमा हुने डुबानको समस्या समाधान गर्नका लागि विगतका प्रयासहरु कार्यान्वयन गर्ने बारेमा छलफल भएको छ ।
– कृषि क्षेत्रमा थप सहकार्य गर्ने र जीटुजीमा आधारित मल खरिद गर्ने विषयको एमओयूलाई गति दिने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा