प्रचण्ड भन्छन् – केपीलाई चिन्न ढिला गरिएछ


काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नांगै हुँदा पनि हाँसिरहेको भन्दै आश्चर्य प्रकट गरेका छन् ।

अनेरास्ववियूले आइतबार राजधानीमा आयोजना गरेको वाग्मती प्रदेशस्तरीय कार्यक्रममा बोल्दै उनले भने, “हामी नाङ्गै हुँदा हाँस्न सक्छौँ रु तर, उहाँ हाँस्दै हिँडिरहनुभएको छ ।”

उनले हिजो संविधान निर्माणका क्रममा परिवर्तनका अंग बनेका कतिपय मुद्दाविरोधी तर्क राख्दा पनि चिन्न नसकेको भन्दै ग्लानी व्यक्त गरेका हुन् ।

गत माघ १५ देखि १९ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठक सफल बनेपछि आफूसँग रिसाएको प्रचण्डको भनाइ थियो ।

“उहाँले मलाई हटाउने भए कुर्सी भाँच्दिन्छु भन्नुहुन्थ्यो । मेरो कुर्सीचाहिँ भाँचिदिनुभयो,” उनले युवा–विद्यार्थीहरूलाई उत्साहित बनाउँदै भने ।

उनले ओलीले आफू अल्पमतमा परिसकेपछि राजीनामा दिनुपर्नेमा संसद् विघटन गरेर हिजोकै बयलगाढाको चिन्तनमा उभिएको बताए । उनले ओली विदेशी शक्तिको सामु लम्पसार परेको पनि बताए ।

प्रचण्डले युवा–विद्यार्थीहरूलाई कडा निर्देशन दिँदै आक्रामक हुन, आवेगयुक्त प्रदर्शन गर्न उत्तेजित तुल्याएका छन् ।

उनले २०६२–६३ को जनआन्दोलनताका, गिरिजाप्रसाद कोइरालाले जस्तै टाउका लाठी खान मन भएको, शरीर चिल्चिलाएको बताए ।

https://www.facebook.com/livemandumedia/videos/2183146298492069


Loading comments...