
फेसबुकमा विज्ञापन गरी करोड ठगी (भिडियो सहित)
४ माघ २०७७, आईतवार १९:४५
ललितपुर । सामाजिक सञ्जाल मार्फत ठगी गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पकाहामैनापुर गाउँपालिका-४ ठेगाना भएका २८ वर्षीय अजय भन्ने प्रमोद साह तेली र पर्सा बहादुरमाई नगरपालिका-८ घर भई काठमाडौं गौशाला बस्ने ३९ वर्षीय मेवालाल साह तेली रहेका छन् ।
सामाजिक सञ्जालमा विभिन्न कम्प्युटर, मोबाईल, घडी, ल्यापटप, क्यामेरा जस्ता ईलोक्ट्रोनिक सामानहरु बजार मूल्य भन्दा सस्तोमा डेलिभरी गराउने भनि विज्ञापन राखी विभिन्न व्यक्तिहरुलाई लोभलालचमा पारी रकम जम्मा गर्न लगाई रकम पाए पश्चात सम्पर्क विहिन भई सामान समेत डेलिभरी नगरी ठगी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा