
५७ वर्षिया श्रीमतीको कुटोले हानेर हत्या
४ माघ २०७७, आईतवार १९:३६
पाल्पा । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । रामपुर नगरपालिका–५ बेजाडका बुद्दी दराईलाई ५७ वर्षिया श्रीमति रमा कुमारी दराईको हत्या गरेको अभियोगमा प्रहरीले आइतबार पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बुद्धिले शनिबार साँझ बारी खन्ने कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएकी रमालाई उपचारको लागि रामपुर अस्पताल हुँदै लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
इलाम – इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको
प्रतिमा सिलवाल/ चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका पाँच जना पुरुष मध्ये
काठमाडौं – बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई
मोरङ । आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय