वास्तु शास्त्र सम्बन्धी केहि महत्वपूर्ण जानकारीहरु


लाइभमाण्डू । घर जीवनमा एक पटक बनाइन्छ । त्यसैले घर बनाउन अघि छड सिमेन्ट बालुवा तथा अन्य सामाग्री जस्तै घरको वास्तुमा पनि ध्यान दिन आवस्यक छ । वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ । यदि वास्तु शास्त्र अनुसार घर निमार्ण भएको छैन भने उक्त घरमा हुने शक्तिमा नकारात्मक प्रभाव पर्ने बताइन्छ । वास्तु शास्त्रमा प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको विशेष ध्यान राखिन्छ । यस लेखमा वास्तु शास्त्र अनुसार बनेको घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने कुराको बिस्तृत जानकारी दिईएको छ।

मुख्य द्वार
घरको प्रवेश द्वार जमिनको सतह भन्दा केहि माथि उठेको उत्तम मानिन्छ । मुख्य प्रवेश द्वार भने पुर्व तथा दक्षिणमा बनाउनु उपयुक्त मानिन्छ । यो अन्य द्वार भन्दा अग्लो हुनु राम्रो मानिन्छ । ढोका तथा झ्यालमा कुनै पनि आवाज आउनु लाभदायक मानिदैन ।

भान्छा कोठा
भान्साकोठा घरको दक्षिण पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ तर ठाउँ नभए उत्तर पश्चिममा पनि निर्माण गर्न सकिन्छ । पूर्वमा फर्केर खाना पकाउनु उचित मानिन्छ । घरको ग्याँस र चुल्हो बाहिरबाट नदेखिने स्थानमा राख्नु लाभदायक मानिन्छ । पानीको धारा र चुल्हो नजिकै राख्नु हँदैन । खाना खाँदा भान्साको बीचभागमा बसेर खाँदा शुभ हुन्छ । भान्छा कोठा अग्नितत्व या भान्सासँग सम्बन्ध राख्ने बस्तुहरुको सबभन्दा राम्रो व्यवस्था दक्षिण पूर्वमा नै हुन्छ । टेलिभिजन, कम्प्युटर, हिट कन्वेन्टर या अन्य विद्युतीय उपकरण जो एउटै घरमा धेरै ठाउँमा राखिनुपर्ने हुन्छ । खाना पकाउने सामग्रीहरु पूर्वदिशामा यसरी मिलाएर राख्नु पर्छ कि खाना पकाउने व्यक्तिको ठीक सामुन्ने पूर्वदिशामा हुनुपर्दछ। फुड प्रोसेसर, माइक्रोओवन, फ्रिज, इत्यादिको व्यवस्था दक्षिणपूर्वमा हुनपर्दछ । यदी दाम्पत्य जीवनको तालमेलमा कुनै कमीको संकेत भएमा भान्साघर तथा सुत्ने कोठाको वास्तुमा खास ध्यान पुर्र्याउन आवश्यक छ । यसप्रकार जन्मकालीन ग्रह नक्षत्र मंगलदोष दाम्पत्य जीवनमा असामांनजस्यताको संकेत भएमा अन्य कारणका साथ किचन तथा बेडरुमको वास्तुमा विशेषः ध्यान दिनु आवश्यक हुन्छ । भान्साको भित्ताको रंग पेन्टमा समेत ध्यान दिनु आवश्यक हुन्छ । भान्साघरमा कदापि पूजाघर या देवि देवताका मूर्ति जस्ता चिजहरु राख्नु हुँदैन ।

बालबालिकाको कोठा
बालबालिकाको लागि पश्चिम दिशा उचित मानिन्छ । पलङको अगाडी नै ऐना, कम्प्युटर, टिभी आदि राख्नु हुदैन । धेरै चहकिला बत्तीको प्रयोग गर्नुहुदैन । बच्चाको पलंगलाई दक्षिण-पूर्व भागमा राख्नु शुभ मानिन्छ ।

सुत्ने कोठा
शयन कक्ष अर्थात सुत्ने कोठा वास्तु शास्त्र अनुसार बनेको हुनुपर्दछ । यसो नभएमा राती सपना अशुभ देखिने सम्भावना रहन्छ । त्यसैले वास्तु निमार्णमा विशेष ध्यान दिनु आवस्यक छ । मुख्य शयन कक्ष दक्षिण भागमा बनाउनु राम्रो हुन्छ । पलङ स्थापना सुत्नेको शीर दक्षिण तथा पुर्वतर्फ खुट्टा भन्दा केहि उच्च हुने गरी गर्नुपर्छ । शयन कक्ष वर्गाकार हुनु राम्रो मानिन्छ भने कक्ष अनियमित आकारको हुनुहुदैन । शयन कक्षलाइ पूजाकोठाको रुपमा प्रयोग गर्नु हुँदैन । पलंग अगाडी ऐेना अशुभ मानिन्छ । शयन कक्षमा राम्रा तस्बिर, फूलहरु र चित्रहरु राख्नु उचित हुन्छ । वास्तु शास्त्र अनुसार शयन कक्षमा एक्वैरियम हुनु राम्रो होइन

पूजा कोठा
हिन्दु धर्मालम्बीहरुले पूजा गर्ने स्थानलाइ निकै महत्वपुर्ण मान्ने गर्दछन । उचित स्थान तथा दिशामा पूजा नगरेको अवस्थामा पूजाआजाबाट प्राप्त हुने लाभ प्राप्त नहुन सक्दछ । त्यसैले यस कुरालाइ पनि विशेष ध्यान दिनु आवश्यक मानिन्छ । पूजाकोठामा सकेसम्म फलाम वा टिनको प्रवेश द्धार राख्नु उचित मानिन्दैन । पूजाकोठाको वरिपरि शौचालय हुनु पनि अशुभ मानिन्छ भने शयन कक्षमा पूजा गर्ने स्थान बनाउनु पनि अशुभ मानिन्छ । पूजाकोठाको पुर्र्वी भित्तामा कुल देवताको आकृती हुने तस्वीर वा चित्र राख्नु अत्यन्त शुभ मानिएको छ । पूजाकोठाको रंग सेतो वा क्रिम वाला हुनु उचित मानिन्छ । जमिनको सतहको ढलान यसरी होस की पानीको बहाव दक्षिणबाट उत्तर या पश्चिमबाट पूर्वतर्फ हुनु आवश्यक हुन्छ । बाउण्ड्रीवाल पनि विल्कुल यसैगरी उत्तर र पूर्वमा होचो र अन्य दिशाको भन्दा केही पातलो हुनुपर्दछ । बाहिर आवत जावत गर्ने मानिसहरुको नजर सुतेका वा आराम गरेका व्यक्तिमा नपर्ने ठाउँमा सुत्ने कोठाको ढोका बनाउनु राम्रो हुन्छ ।

vastu
घरको विच भाग
भवनको वीच भागलाई ब्रम्हास्थान भनिन्छ । यो स्थानलााई खाली राख्नु पर्छ । यसस्थानमा फर्निचर या कुनै भारी सामानाराखिएमा स्वास्थ्य र मानसिक शान्तिमा प्रभावित गर्दछ । व्रम्हास्थान भएको छत क्षेत्रमा भारी कुनै बटवृक्षको झाङ–झाडी पनि झुण्ड्यानु हुँदैन । यो हिस्सामा पनिको निकासीकालागी नालि बनाइएमा आर्थिक नोक्सानीको संकेत हुन्छ ।

शौचालय
शौचालय निमार्ण गर्दा घरका पश्चिमी भागमा निमार्ण गर्नु सर्वोत्तम मानिन्छ भने उत्तर पश्चिममा बनाउनु पनि शुभ मानिन्छ तर अन्य स्थानमा भएको शौचालय उचित मानिँदैन । शौचालय पूजाकोठासँग जोडिएको भने हुनुहुँदैन ।

जल भण्डार
उत्तर दिशा जल संम्बन्धि सम्बन्ध राख्दछ । त्यसैले उत्तरपूर्वमा जल सम्बन्धी प्रावधान राखिएको छ । यसको वैज्ञानिककारण सूर्यको चमत्कारी किरणको भरपूर फाइदा लिनसक्नु हो । एक वैदिक ऋचामा भनिएको छ – हे सूर्य देवता आफ्नो चमत्कारी किरणद्वारा हाम्रो हृदय र फोक्सो भित्रका किटाणुहरुलाई नष्ट गरिदिनुहोस् । उत्तरपूर्व दिशामा ठूलf झ्याल ढोका र खुल्ला ठाउँ राखिनुपर्ने कुरालाई यसकारण महत्व दिएको हो कि कस्मिक इनर्जीका साथ परावैजनीक किरणहरु सन्तुलित मात्रामा आवत जावत हुन सकुन । यो वास्तवमा प्रातः समय पूर्वबाट आउने सूर्यको किरणको महत्व र शास्त्रको ब्रम्हमूहुर्तकोउपयोगिताको आधारबाट निक्र्यौल गरिएको बताइन्छ । जमिनमूनी पनिको ट्याङ्की, स्विमिङ पुल, कुवा, इनार, बोरिङ आदिको व्यवस्था उपरोक्त दिशामा हुनुपर्ने कारण हाइजीन हो ।

रगंको छनोट
झ्याल, ढोका र मुख्य रुपमा मेन गेटमा कालो रंग गरिएको छ भने परिवारका सदस्यको व्यवहार अशिष्ट, रिसालु, रुखो बचनबढ्न जान्छ । घरका कुनै सदस्यको जन्मपत्रिकामा वाणि स्थान वा सम्बन्धित ग्रह–नक्षत्र शनि, राहु मंगल र केतु आदिबाटप्रभावित छ भने त्यसप्रति उक्त प्रभाव विषेश रुपबाट दृष्टिगोचर हुन्छ । यदी मंगल अथवा केतुको प्रभाव छ भने रातो रंगले कुतर्क, धेरै बहस, झगडालु र व्यंगात्मक  भाषा प्रयोग गर्ने प्रवृत्ति तर्फ इंगित गर्छ । यस्तो अवस्थामा सेतो रंगको प्रयोग धेरै लाभदायक हुन्छ ।

वास्तुशास्त्रकोप्रयोग ज्योतिषलाई ध्यानमा राखेर गर्दा अधिकतम् लाभदायक हुन्छ । यो ध्यानमा राखिनु आवश्यक छ कि जीवन सुखःदुःखको मिश्रण हो तसर्थ अन्धविश्वास, धर्म आदिबाट केही हटेर यो विधाका वैज्ञानिक पक्षलाई अंगाल्न सके जीवनलाई केही सहज बनाउन सकिन्छ ।


Loading comments...