Lifestyle Portal
  •   २२ माघ २०७९, आईतवार

नर्वेमा कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाएका २३ जनाको मृत्यु

५ माघ २०७७, सोमबार ०५:४६

लोकप्रिय

ओस्लो । युरोपियन मुलुक नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोप लगाएका २३ जनाकफ मृत्यु भएको छ । नर्वे न्युजका अनुसार फाइजर खोपको पहिलो डोजल लगाएको केही दिनमै उनीहरुको मृत्यु भएको हो । बिजनेश स्ट्याण्डर्डले यस सम्बन्धमा समाचारमा उल्लेख गरेको छ ।

स्वास्थ्य अधिकारीहरुले खोपको साइड-इफेक्टका कारण मृत्यु हुन हुनसक्ने बताएका छन् । खोप लगाइसकेपछि ज्‍वरो आउने र वाकवाकी लाग्‍नेजस्ता प्रतिक्रियाहरु देखिन सक्छन् । नर्वेजियन मेडिकल एजेन्सीका फिजिसियन प्रमुख सिगर्ड होर्टेमोले भने, “खोप लगाइसकेपछि देखिने सामान्य प्रतिक्रियाहरु गम्भीर हुँदै गएपछि मृत्यु भएको हुनसक्छ ।”

मृत्यु भएका १३ जना नर्सिङ होममा उपचार गराइरहेका थिए र उनीहरुको करिब ८० वर्षको आसपासका रहेका थिए । अधिकारीहरुले यसलाई गम्भीररुपमा नलिएको र खोप कसले लगाउनु हुँदैन भन्‍ने विषयमा जोड दिइरहेको पाइएको छ ।

फाइजर खोप लगाएका दुईजनाको नर्सिङ होमा मृत्यु भएको एक सातापछि खोप लगाएका २३ जनाको मृत्यु भएको बताइएको हो । डिसेम्बर अन्तिसम्म स्क्यानडेभियन मुलुक नर्वेमा २० हजारले कोरोनाविरुद्धको खोप फाइजर र मोर्डेनाको पहिलो डोज लगाएका छन् ।

नर्वेका मेडिकल डाइरेक्टर स्टेनार मेडसनले भने, “यसले धेरै गम्भीर हुनुपर्ने देखिँदैन । यो खोपले केही सामान्य लक्षण देखिनु स्वभाविक हो । केही अपवादको मृत्यु पनि हुनसक्छ ।”

अन्य २९ जनालाई पनि यसको साइड इफेक्ट देखिएको नर्वेजियन मेडिकल एजेन्सीले जनाएको छ । जसमध्ये २१ महिला र एक पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई