
एकअर्काका अगाडि झुक्नु सांस्कृतिक चिनारी, प्रोपोगन्डाका पछाडि नलागौ
छिमेकी देश भारतमा भ्रखरै औपचारिक भ्रमणमा गएर फर्किएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार तथा सम्मानमा झुकेर भारतिय रक्षा मन्त्री राजनाथ सिंहलाई नमस्कार गरेको तस्बीरलाई अतिरञ्चित तवरले सामाजिक सञ्जालमा भाइरल गराइएको छ।
उक्त तस्बीरलाई लिएर अहिले केही समूहले प्रापोगण्डा रचिरहेका छन् ।
कतिपय सामाजिक सञ्जाल फेसबुक तथा ग्रुपमा यसरी झुक्नु हुँदैन भन्दै उक्त तस्बीर भाइरल गराइएको छ। उता मोदीले पनि हाम्राप्रति यही आशय सहितका सम्मान देखाएका हैनन र?

तर ठिक त्यसै गरी केही समय पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा उहाँले पनि शिष्टाचार तथा सम्मानमा झुकेर नै नमस्कार गरेको तस्बिर खिचिएको थियो।
यसले हाम्रो सनातन पराम्परा तथा संस्कृति दुवै देशको गहना हो र यो संस्कृति जिवितै रहेको प्रमाणित गर्दछ ।
फेरी हामीबिच एक अर्काका अगाडि सम्मानसाथ झुक्ने परम्पराले रोटी बेटीको सम्बन्धको महत्व पनि दर्शाउछ।