चीनमा कोरोना संक्रमण तीव्ररुपमा बढ्न थालेपछि ११ सहरमा फेरि लकडाउन घोषणा


बेइजिङ । सन् २०१९ को सुरुवातमा फेला परेको कोरोना भाइरसको संक्रमण फेरि तीव्ररुपमा फैलिन थालेपछि चीनमा तीनवटा प्रान्तका ११ सहरहरुमा लकडाउन घोषणा गरिएको छ ।

कोरोना संक्रमणको तीव्रतालाई रोक्‍न बृहत परीक्षण अभियान सञ्‍चालन गरिएको छ । चिनियाँ अधिकारीहरुले बृहत परीक्षण अभियान थालेसँगै आवतजावतमा प्रतिबन्ध लगाउनुका साथै मानिसहरुलाई घरबाहिर ननिस्किन निर्देशन जारी गरेका छन् । प्रतिबन्धात्मक नियमहरु लकडाउनकै जारी गरे पनि यसलाई लकडाउन भन्‍ने शब्द भने प्रयोग गरेका छैनन् ।

स्थानीय अधिकारीले जारी गरेको निर्देशनमा लकडाउन भन्‍ने शब्द भने प्रयोग गरिएको छैन । चीनको उत्तरपूर्वी राज्य हेइलोङजियाङ प्रान्तका पाँच क्षेत्रहरु झाओदोङ, किङगाङ, सुइहुवा, अगाङ्‌सीको सीसीहार र हुलान जिल्लाको हार्बिनमा प्रतिबन्धात्मक नियमहरु जारी गरिएको छ । स्थानीयहरुलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाउनुका साथै सवारीसाधन सञ्‍चालनमा रोक लगाइएको छ । त्यसैगरी सीमा प्रवेशमार्ग बन्द गरिएका छन् ।

पछिल्लो समय कोरोना प्रकोपले अधिक प्रभावित भएको चीनको जिलिन प्रान्त हो । जिलिनमा सोमबार ३४ जना लक्षणसहितका कोरोना संक्रमित र ८० जना लक्षण नभएका कोरोना संक्रमित फेला परेका छन् ।

त्यसैगरी हुबेइ प्रान्तका लोङयाओ, गुआन, नाङगोङ र सिजिहुआङ सहर सिल गरिएका छन् । हुबेइका स्वास्थय अधिकारीहरुका अनुसार सोमबार ५४ जनाका कोरोना संक्रमण देखिएको छ । अन्य ६ जनामा लक्षण नभएको कोरोना संक्रमण पुष्टि भएको छ ।  – ग्लोबल टाइम्स


Loading comments...