Lifestyle Portal
  •   २१ माघ २०७९, शनिबार

कुवेतका राजाले स्वीकार गरे सरकार विघटन

६ माघ २०७७, मंगलवार ०९:०९

लोकप्रिय

काठमाडौं। कुवेतको सरकार विघटन भएको छ । प्रधानमन्त्री प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएपछि राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सरकार विघटनलाई स्वीकृत जनाएका हुन् ।

प्रधानमन्त्री सबाहले यही जनवरी ३१ मा कुवेती राजा समक्ष राजीनामा चढाएका थिए । तत्कालै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको राष्ट्रियसभा र मन्त्रीपरिषद्का बीचमा सम्बन्ध बिग्रिएकाले राजीनामा दिनु लागेको प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठकमा जानकारी गराएका थिए ।

उनले उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राजनीतिक अवस्थाका बारेमा व्याख्या गर्दै आफूहरू अब विदा हुनुपर्ने अवस्थामा रहेको संकेत गरेका थिए । उनले सन् २०२० डिसेम्बर १४ देखि कुवेती सरकारको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा

महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा