Lifestyle Portal
  •   २१ माघ २०७९, शनिबार

तपाईँले बोकेको सिम कार्ड आफ्नै नाममा छैन ? आफ्नो नाममा ल्याउन यसो गर्नुहोस्

६ माघ २०७७, मंगलवार २०:१८

लोकप्रिय

काठमाण्डौ । नेपाल सरकारले परीक्षणका रूपमा प्रयोगमा ल्याएको नागरिक एप प्रयोगमा समस्या भएको धेरै गुनासो आएको छ ।

गुनासो आउनुको मुख्य कारण आफूले प्रयोग गरिरहेको मोबाइल नम्बरलाई एपले सपोर्ट नगर्नु हो । नेपाल टेलिकमका धेरै ग्राहकको सिम आफ्नै नाममा दर्ता भए पनि केही ग्राहकले अरूको नाममा रहेको सिम प्रयोग गरिरहेकाले यस्तो समस्या आएको हाे ।

कम्पनीका ग्राहकले *922# डायल गरेर आफूले प्रयोग गरिरहेको सिम कार्ड आफ्नो नाममा छ/छैन र नामको हिज्जे सही छ/छैन थाहा पाउन सक्छन् । सिम कार्ड आफ्नो नाममा नरहेमा विवरण अद्यावधिक वा नामसारी गर्न तथा आफ्नो नामको हिज्जे सही नभएमा सच्याउनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।

प्रिपेड सिम कार्ड ग्राहक विवरण अद्यावधिक गर्न के गर्ने ?

अरूको नाममा रहेको प्रिपेड सिम कार्ड लामो समयदेखि आफैले प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा जानुपर्छ र कबुलियतनामाको फाराम भरि अद्यावधिक गर्न सकिन्छ । साथै विगत ६ महिनाभित्र सिम कार्डबाट भएका केही कलहरू भेरिफाइ गर्नुपर्दछ ।

पोस्टपेड सिमकार्ड ग्राहक विवरण अद्यावधिक तथा नामसारी गर्न के गर्ने ?

पोस्ट पेड सिम कार्ड नामसारीका लागि अहिले सिम कार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनुपर्दछ । अभिलेखमा सिम कार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने भएमा सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ ।

साथै सिम कार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ । संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजात लिइ दूरसञ्चार कार्यालयमा उपस्थित भइ नियमअनुसार नामसारी गर्न सकिन्छ ।

दूरसञ्चार कार्यालयहरूबाट ग्राहकको विवरण अद्यावधिक/नामसारी गर्ने तथा नाम सच्याउने कार्य प्राथमिकताका साथ गर्ने तयारी भइरहेको हुनाले आगामी हप्तादेखि थप प्रभावकारी रूपमा सेवा ग्राहकहरूलाई उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने

यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाहनुहुन्छ भने, ‘नेपाली पात्रो’मा समाचारको नयाँ सुविधा सहितको Android

काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । कार्यालय