Lifestyle Portal
  •   ११ माघ २०७८, मंगलवार

मानवअधिकार आयोगको अध्यक्ष भन्दै १५ लाख ठगेको आरोपमा एक पक्राउ

७ माघ २०७७, बुधबार १६:५४

काठमाडौं । आफूलाई अन्तर्राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीले आयोगको परिचय पत्र देखाएर आफू अध्यक्ष भएको र अमेरिका पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको हो।

सुंखवासभा पाँचखपन गाउँपालिका-५ खमारे घर भइ काठमाडौं महानगरपालिका-७ मित्रपार्क चाबहिल बस्ने ६० वर्षीय तुलसी थापालाई पक्राउ गरेको हो।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले दरबारमार्गबाट मंगलबार पक्राउ गरेको प्रहरी उपरीक्षक ९एसपी० ईश्वर कार्कीले बताए।

उनले आफू अमेरिकाको कार्यक्रममा जाँदा पाँच वर्षको मल्टिपल भिसा लगाइदिने भन्दै विश्वासमा लिएर ठगी गरेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अहिलेसम्म उनले १५ लाख रुपैयाँ ठगी गरेको छ। उनले ठगी गरेको भएमा प्रहरीको सम्पर्कमा आउन महाशाखाले अनुरोध गरेको छ।

उनीमाथि प्रहरीले ठगी सम्बन्धी मुद्दा अन्तर्गत अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

नेपाल–भारतको खुल्ला सिमा क्षेत्रको अवैध स्पेयर पाट्सको आयात ह्वात्तै बढेको छ । नेपालको मुख्य नाका मध्येको काकरभिट्टा क्षेत्रबाट अवैध रुपमा

काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका-९ घर भएका २२ वर्षीय केशव तिमल्सिनालाई धारिलो हतियार कैँची प्रहार गरी घाइते बनाएको

तारकेश्वर नगरपालिका-६ लोलाङ हाइटस्थित पोलहरुमा राखिदै गरेको टेलिकमको तार चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

काठमाडौं, चिकित्सा शिक्षा आयोगद्वारा संचालित एमडि/एमएस प्रवेश परीक्षामा नक्कली परिक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा बिचौलियाको रुपमा नक्कली परिक्षार्थीलाई सहयोग