
अमेरिकाका राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसले गरे शपथ ग्रहण
वाशिङ्टन । अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले शपथ ग्रहण गरेका छन् । त्यसैगरी उपराष्ट्रपतिमा कमला ह्यारिसले शपथ ग्रहण गरेकी छन् ।
रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै ४६ औं राष्ट्रपतिमा विजयी भएका बाइडेनलाई सर्वोच्च अदालतका न्यायाधीश जोन रोबर्टसले शपथ ग्रहण गराएका हुन् ।
कमला ह्यारिस अमेरिकी इतिहासमा पहिलो महिला, पहिलो अश्वेत र दक्षिण एसियाली मुलकी उपराष्ट्रपति बनेकी हुन् । उपराष्ट्रपति ह्यारिसलाई सर्वोच्च अदालतका न्यायाधीश सोनिया सोटोमेयरले शपथ ग्रहण गराएकी हुन् ।
निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा भाग नलिने पूर्व घोषणा बमोजिम नै सहभागीता जनाएनन् ।
आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन्। तर उनका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित छन् ।
समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा जर्ज डब्ल्यू बुश र लोरा बुश बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित छन् ।
डेमोक्र्याटिक सिनेटर एमी क्लोबुचरले स्वागत मन्तव्य दिँदै “आजको दिन आफूहरूको प्रजातन्त्रले आफूलाई लडेको भूईँबाट आफै उठाएको दिन हो भनेकी छन् ।”