
नोभल कोरोनाभाइरस विरुद्धको खोप ‘कोभिसिल्ड’ आइपुग्यो नेपाल: ‘सबैभन्दा पहिले छिमेकी’ नीतिमा भारत स्पष्ट
८ माघ २०७७, बिहीबार १६:५९
काठमाण्डौ । भारत सरकारले अनुदानमा पठाएको नोभल कोरोनाभाइरस विरुद्धको दश (दश) लाख भ्याक्सिनको डोज ‘कोभिसिल्ड’ खोप काठमाण्डौमा आइपुगेको छ । उक्त खोप भारत मैं उत्पादन भएको हो ।
एयर इण्डियाको VT-PPV एयरबस A321 को जहाज बिहान ११:५३ मा काठमाण्डौ अवतरण गरेको थियो । कोरोनाभाइरस विरुदको खोप अनुगमन तथा व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तथा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो ।
भारतद्वारा प्राप्त उक्त महत्वपूर्ण खोपलाई त्रिभूवन विमानस्थलको कार्गो भवनमा रहेको चिस्यान केन्द्रमा राखेर केही समयपश्तात टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा व्यवस्थापन गरिनेछ । उक्त खोपलाई २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राखिने तथा बढीमा पाँच दिनभित्र विभिन्न सात प्रदेशका भ्याक्सिन आपूर्तीकेन्द्रमा पठाइने स्वास्थ्य सेवा विभाग, खोप शाखाले जानकारी दिएको छ ।
खोप शाखा प्रमुख एवं खोपविज्ञ डाक्टर झलक शर्मा गौतमका अनुसार ‘कोभिसिल्ड’ लाई राजधानी उपत्यकासहित विराटनगर, हेटौडा, पोखरा, बुटवल, नेपालगञ्ज तथा धनगढीमा रहेका कोल्डस्टोरहरुमा राखिने तयारी गरेको छ । तिनै कोल्डस्टोरमा पुगेका खोपका डोजहरु जिल्ला-जिल्लामा पठाइने तयारी भएको छ ।
भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले नेपाललाई अनुदानमा दिएको हो । उक्त खोपको प्रभावकारिता औसतमा ७०.४ प्रतिशत रहेको पाइएको छ । खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिइसकिएको पनि गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले भने खोप जिल्ला पुगेपछि एक हप्ताभित्र लगाइसक्ने गरी तयारी गरिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ७७ जिल्लामै एकैसाथ खोप अभियान सुरु हुनेछ । सुरूमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सर-सफाइकर्मीलाई लगाइनेछ ।
यस्तो संख्या करिव ४ लाख हाराहारी रहेको सरकारी तथ्यांक छ । अनुदानमा आएको यो खोपको प्रभावकारितालाई विचार गर्दै सरकारले बाँकी खोप खरिद गर्ने जनाइ सकेको छ । नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउने सरकारी योजना पूरा हुन ५ करोड डोज खोप चाहिने विशेषज्ञहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई