फेरि सांसद किनबेचको खेल सुरु भयोः प्रधानमन्त्री


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद किनबेचको खेल सुरु भएको बताएका छन् । राष्ट्रिय सभागृहमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई ‘विशेष सम्बोधन’ गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

देश आज खान लडाइँको स्थितिमा भएको बताउँदै प्रधानमन्त्री ओलीले फेरि सांसद किनबेचको, फेरि दलहरूकाबीचमा गिभ एन्ड टेकको, लेनादेनाको, फेरि समीकरणहरू परिवर्तनको खेलको पहिलेजस्तै फेरि एउटा सिलसिला सुरु गर्न खोजिएको बताए ।

विपक्षी पार्टीहरूलाई एकढिक्का बनाएर अघि बढाउन आफूले प्रयास गरे पनि त्यो सफल नभएको बताउँदै प्रधानमन्त्री ओलीले बलियो विपक्षीले देशको सार्वभौम भौगोलिक अखण्डताको रक्षा गरोस्, स्वाभिमान माथि उठाओस् र देश विकासमा भूमिका खेलोस् भन्ने त्यस्तो पार्टीको परिकल्पना गरेको बताए ।

ओलीले भने, ‘तर, पार्टीहरू एकदिन पनि सरकारको राम्रो कामको पनि समर्थन गर्ने आँट नभएको, हुती नभएको, मन नभएको पार्टी बन्यो ।’


Loading comments...