पत्रकारलाई फलानो पार्टीको हो भनेर चिनोस्, लोकतन्त्रको रक्षाको लागि लडिरहेका छौं : ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारलाई फलानो पार्टीको हो भनेर चिनिने गरि पत्रकारिता गर्न सुझाएका छन् । उनले आफू निकट पत्रकार समूह प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पत्रकारले स्वच्छ आचरण राख्‍नुपर्ने बताएका छन् ।

उनले भने, “पत्रकार स्वच्छ हुनुपर्छ । पत्रकारलाई बाटोमा हिँड्दा पनि फलानो पार्टीको हो भनेर चिनोस् । तपाईं कसैको स्वार्थमा नलाग्‍नुस् र पीत पत्रकारिता छोड्‍नुस् । पत्रकारिताको धर्म बचाउने र फलाउने फूलाउने तपाईंहरुजस्तो समूह पनि छ । यो समूह विशाल छ ।”

प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक लडाईं लडिरहेकोसमेत बताएका छन् । ओलीले लोकतान्त्रिक प्रणालीलाई सही बाटोबाट अयन्त्र लैजान नदिन राजनीतिक लडाईं लडिरहेको बताएका हुन् ।

उनले भने, “हामी एउटा शान्तिपूर्ण, वैधानिक, लोकतान्त्रिक विधि र बाटोबाट राष्ट्रियता, लोकतन्त्र, जनजीविका, सामाजिक न्याय र समतानतका पक्षमा, सामाजिक न्याया र समानतका पक्षमा हामीले लडेर ल्याएको संविधानको रक्षा गर्ने, संधीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, लोकतानित्रक प्रणालीलाई कुबाटोमा लैजान नदिन राजनीतिक लडाईं लडिरहेका छौ ।”

उनले समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्य पहिल्याएर अगाडि बढेको बताएका छन् । उनले पत्रकारिताले नै समृद्ध नेपालको लक्ष्यलाई अघि बढाउन सक्ने बताएका छन् ।

यसअघि प्रचण्ड-नेपाल समूह निकट नेपाल प्रेस संगठनले पनि दोस्रो राष्ट्रिय भेलाको आयोजना गरेको थियो ।


Loading comments...