कार्यक्रम “खेलौं जुहारी” को प्रशारण प्रारम्भ


युवा पुस्तामा नसुन्ने भन्ने लोक तथा दोहोरी गीतहरु सर्वप्रिय बन्दै जाँदा आजबाट अर्काे नयाँ दोहोरी कार्यक्रम खेलौँ जुहारीको प्रसारण सुरु भएको छ । ईन्टरटेन्टमेन्ट हाउसको निर्माणमा कान्तिपुर टेलिभिजनबाट कार्यक्रम प्रसारण सुरु गरिएको छ । हरेक दिन दिउँसो ३ वजेदेखी ४ बजेसम्म प्रसारण हुने कार्यक्रम शनिवार भने प्रसारण हुनेछैन । कान्तिपुर टेलिभिजनबाट प्रसारण सुरु भएको यस कार्यक्रम हेर्दा लोक सङ्गीतले अहिलेको दर्शक श्रोताहरुको मन जितेको सहजै अनुमान गर्न सकिन्छ ।

धेरै कार्यक्रमहरुको भिडमा अलि फरक शैलिमा यस कार्यक्रमको निर्माण भएको देखीन्छ । दोहोरी मात्रै नभएर लोक गीतलाई समेत विशेष प्रस्तुतिमार्फत प्रचार प्रसार गरि लोक तथा दोहोरी गीतलाई अझै माथि पुर्‍याउन एउटा ईट्टा थप्ने काम गर्ने ईन्टरटेन्टमेन्ट हाउसका अध्यक्ष सहदेव कोईरालाले बताए । उनले भने दोहोरी गीतका धेरै कार्यक्रमहरु अन्य श्रष्टा सर्जकका गीतहरु अनुमति विना गाई प्रतिलिपी अधिकार हनन भईरहेको अवस्थामा यस कार्यक्रममा भने सम्पुर्ण भाकाहरु नयाँ सुन्न पाईनेछ । जसमा गाईने लोकगीत पुराना सर्जकको भएपनि उहाँहरुलाई यस कार्यक्रमको व्यवसायीक प्रयोजन भएवापत प्रतिलिपी अधिकार धनिलाई रोयल्टीको व्यवस्था गरेको समेत वताए । साथै यस कार्यक्रममा लोक तथा दोहोरी गीत मात्र नभई मनोरञ्जनको प्याकेज स्वरुप हाँस्यव्यङ्यको सम्मिश्रण समेत राखीएको उनले वताए ।

उद्घोषक मुना अर्याल र ममता गुरुङले सञ्चालन गरेको कार्यक्रममा एक लोक तथा दोहोरी गायकको कमेडी अवतार समेत कार्यक्रममा हेर्न सकिने छ । तिमी जस्ता तिघ्रे जोशमा होस गुमार तरुनी घुमार कति विग्रे विग्रे । भन्ने भाकामा हेर्नुस गायक प्रदिप रोका र गायीका देवी आलेको आरोप प्रत्यारोको घमासानको दोहोरी भिडियो हेर्नुहोस्ः


Loading comments...