जनताको ब्राण्ड ‘रवि’, बिगत र नयाँ यात्रा


महेश भट्टराई अमेरिकाबाट लेख्नु हुन्छ : अमेरिकामा राम्रै जमेर परिबार साथ बसेका रवि नागरिकताको समेत माया मारेर जन्मभुमी नेपाल फर्के ! अनि आफैले जानेको पुरानो पेशा मिडिया मै होमिए ! प्रम ओलिको कार्यकालमा “सिधा कुरा प्रधानमन्त्रीसंग” बाट कार्यक्रम शुरू गरे ! तर प्रम परिवर्तनसंगै प्रचण्ड प्रम हुँदा निकालिए ! एउटा रफ्तारमा चलेको कार्यक्रम बन्द भएका कारण छटपटिएका रवि न्युज २४ मार्फत् आफ्नै नयाँ कार्यक्रम “ सिधा कुरा जनतासँग” शुरू गरे !

गरिब जनताका लागि प्रिय, न्यायालय र भगवान कै रूपमा साबित भए ! उचाईमा पुग्दै गर्दा धेरै नै तिता, मिठा र हिलो छ्याप्ने कुरा भए ! जनताले बनाएको सेलिब्रेटी पत्रकार र खुट्टा तान्नेहरूको एकथरी जमात ! ब्यक्तिगत, परिवार, नागरिकता लगायत उनीमाथी अनेकखाले तारन्तारको प्रहार भयो जसलाई उनले जित्दै गए, जवाफ दिंदै गए ।

भ्रष्टाचार र अनियमित कार्य बिरूद्द खरो उत्रिएर धेरथोर शत्रु कमाएका रवि माथि ब्यक्तिगत, समूहगत र पार्टिगत रूपले समेत निकै प्रहारहरु भए ! अन्त्यमा आत्महत्या मुद्दामा फसाउन पार्टि, नेता र सरकारका केहि पदवालाहरू नै प्रयोग भए ! लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको थियो।

तर जनताको साथ र समर्थन र न्यायालयले जगाएको न्यायको आशापछि नेतृत्वले घुँडा टेक्यो र रवि रिहा भए !  उनलाई न्यूज २४ का सहकर्मी पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा न्यूज २४ कै कार्यस्थलबाटै पक्राउ गरी चितवन लगियो तर पछि जिल्ला अदालत चितवनले रवि लामिछानेलाई निर्दोष ठहर गर्यो ।

आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेका साथै अर्का सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीले पनि अदालतबाट सफाइ पाएका थिए । उक्त घटनाको सुनुवाईमा संलग्न न्यायाधीश हेमन्त रावलको इजलासले उनीहरूलाई सफाइ दिएको थियो ।

रविले स्बतन्त्र पत्रकारिताको जगमा थालेको रचनात्मक प्रयोगले उच्चतम उचाई चुम्न सफल भएको छ । धेरै युवा समर्थकहरूले रविलाई राजनीतीमा आउन वा होमिन आमन्त्रित वा हौसाए !

रविन्द्र मिश्रको पत्रकारिताको उचाई, समर्थक, पार्टि, राजनिति, चुनाब, भोट बाट पक्कै सिकेको र बुझेको हुनु पर्छ ! नेपालको राजनिती, संबिधान, पार्टि र जनता राम्ररी बुझे सकेका चतुर रवि राजनिती बाट टाढा नै रहे ! २४ न्यूज र सिधा कुरा सफलताको उच्चतम बिन्दुमा पुगेका रवि बुद्दिमतापूर्ण कार्यक्रम छाडे !

तर अन्तिम् कार्यक्रममा प्रत्यक्ष प्रशारण गर्न नपाएको पीडा र त्यस कार्यक्रममा विशेष रिपोर्ट प्रशारण गर्न नपाएकामा भने रवि कार्यरत प्रशारण संस्था न्यूज २४ सँग दुखी देखिए । जसलाई उनले आफ्नो फेसबुकमार्फत् अभिव्यक्त गरे र उक्त विशेष रिपोर्ट पनि सोही प्लाटफर्मबाट सार्वजनिक गरे ।

के थियो उनको पोष्टमा?
दुख लाग्यो…५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दुख लाग्यो। अन्तिम कार्यक्रम Live गर्न नपाउदा दुख लाग्यो, अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्ट नै काटिएकोमा झन दुख लाग्यो। हाम्रो टिमले तयार पारेको अन्तिम रिपोर्टमा के थियो त जुन प्रशारण गरिएन? त्यो सामग्री पोष्ट गर्दैछु।

बिभिन्न परिवन्ध र कर्मचारीका रूपमा काम गरेका रवि अब आफै मालिक भै स्बतन्त्र रूपमा आफ्नै नयाँ कार्यक्रम, अझै भन्ने हो भने आश गर्नेहरुका लागि थप बुलन्द आवाज सहितको नयाँ रवि लिएर आउदैछन ! नयाँ शो आर्थिक भन्दा सामाजिक भावनाबाट प्रेरित बनोस ! उचाईमा टिकि राख्नु त्यति सजिलो पक्कै छैन !

जति धेरै समर्थक वा सेलिब्रेटी हुन्छन, ढुङ्गा हान्ने पनि त्यति नै धेरै निस्किन्छन ! सानो गल्तिले पनि सब चकनाचुर पार्न सक्छ भन्ने कुरा रविले राम्ररी बुझेका छन !

नयाँ थालनी सहज पक्कै छैन ! चुनौति र जवाफदेहिता अझै थपिएको छ ! आवाजबिहिन जनताको आशा, विश्वास र भरोशामा कुनै आचं आउने छैन ! रवी आम जनताले रुचाएको, विश्वास गरेको ब्राण्ड हुन् । पत्रकारीतामार्फत् राज्य र जनतालाई कलात्मक रुपले जोड्न सक्ने यिनको कलाले निरन्तता पाओस्, शुभकामना !


Loading comments...