‘हल अफ फेम सिजन २” आजको एपिसोडमा ११ जना आमने सामने


काठमाण्डौ । एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित नेपालकै पहिलो भर्चूअल सिङ्गीङ रियालीटी शो ‘हल अफ फेम सिजन २’ को चौथो एपिसोड आज राति प्रशारण हुँदैछ । नेपाली समय अनुसार ८ बजे हिमालय टेलिभिजन र एमएनटीभी अष्ट्रेलियाका प्लाटफर्महरुमा प्रशारण हुने कार्यक्रममा अष्ट्रेलियाबाट एक सानो प्रतिस्पर्धी र बाँकी १० जना नेपालबाट सहभागिता जनाउँदैछन् । मनिगमर शेर्पा, समिर लिम्बु, सुदिक्क्षा तामाङ, सुदिप जैरु, सुप्रिया पौडेल, सुरेन लिम्बु, सूस्थ खड्का, टेस्वाङ शेर्पा, उसहन अधिकारी, रोनिस श्रेष्ठ नेपालबाट र आँचल वस्याल, अष्ट्रेलियाबाट प्रतिस्पर्धामा छन् ।

वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका विवेक श्रेष्ठ र रेजिना रिमाल भर्चुअल माध्यमबाट निर्णायकको भूमिकामा हुनुहुन्छ । पूर्व मिसनेपाल सदिक्षा श्रेष्ठको कार्यक्रम सञ्चालनलाई दर्शकहरुले निकै प्रशंसा गरेका छन् ।

‘हल अफ फेम सिजन २” चौथो श्रृंखला हेर्नुहोस्ः


Loading comments...