प्रख्यात टेलिभिजन प्रस्तोता ल्यारी किङको ८७ वर्षको उमेरमा निधन


दुनियाका चर्चित राजनेताहरु तथा मनोरञ्जन कलाकारहरुको साक्षात्कार गर्ने सिल्भर स्क्रिनका प्रसिद्ध प्रस्तोता ल्यारी किङ – Larry King को आज निधन भएको छ । वहाँ ८७ वर्षको हुनुहुन्थ्यो । किङद्वारा सह-स्थापित स्टूडियो तथा नेटवर्क ‘ओरा मेडिया’ले ट्वीट गर्दै किङको लस एञ्जिलिसस्थित सेडर्स-सिनाई मेडिकल सेन्टरमा निधन भएको पुष्टि गरेको हो ।

ल्यारीले ५० हजार भन्दा बढी अन्तर्वार्ता लिए
किङको निधनको कारण के हो भन्ने विषयमा ओरा मेडियाले केही लेखेको छैन । तर, CNN ले यस अघि प्रशारण गरेको सामाग्रीमा कोविड-१९ को चपेटामा आएका किङलाई अस्पतालमा भर्ना गराईएको उल्लेख थियो । किङले आफ्नो जीवनमा लगभग ५० हजार अन्तर्वार्ता लिए । सन् १९९५ मा उनले पीएलओ-PLO का अध्यक्ष यासिर अराफात, जर्डनका राजा हुसैन तथा इजरायलका प्रधानमन्त्री यित्जाक रबिनका साथ मध्य-पूर्व शान्ति सम्मेलनको अध्यक्षता समेत गरेका थिए ।

यि प्रसिद्ध हस्तिहरुको अन्तर्वार्ता लिएका थिए
उनले सिल्भरस्क्रिनको आफ्नो करिअरमा दलाई लामा, एलिजाबेथ टेलर, मिखाइल गोर्बाचेव, बराक ओबामा, बिल गेट्स तथा लेडी गागा समेत कैंयन विश्वचर्चित हस्तिहरुको अन्तर्वार्ता लिएका थिए । रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले पनि ल्यारी किङको निधनमा शोक व्यक्त गरेका छन् ।


Loading comments...