पुराना सर्जकहरूको गीतप्रति आकर्षित नयाँ पुस्ताका सिकारूहरू


अन्तरराष्ट्रिय अनलाईन गायन प्रतियोगिता ’हल अफ फेम सिजन २’ को तेश्रो श्रृंखला प्रसारण भएको छ । शुक्रबार साँझ उक्त प्रतियोगिताको तेश्रो श्रृंखला हिमालय टेलिभिन र एमएनटिभी अष्ट्रेलियाका डिजिटल प्लेटफर्महरुबाट प्रसारण भएको हो ।

शुक्रबारको एपिसोडमा सप्तरीका मिलन लुवागानको क्लिप सबैभन्दा पहिले प्रसारण भएको थियो । मिलनले ’कुरा सुन्छु नानथरी’ गीत गाएका थिए । गितारको टोनमा उनले गीत गाएका थिए । जजहरूको मिश्रित प्रतिक्रिया पाएका मिलनले जम्मा विवेश श्रेष्ठले प्रयास तथा मेहनतलाई निरन्तरता दिन सुझाव दिँदै ६ अंक दिएका थिए । त्यस्तै, दीप श्रेष्ठ र रजिना रिमालले पनि मिलनालाई ६.६ अंक नै दिए ।

शुक्रबारको एपिसोडमा हिमांशु रायमाझीको प्रस्तुति प्रसारण गरिएको थियो । उनले नारायण गोपालको ’गल्ती हजार हुन्छन्’ गीत गाएका थिए । ललितपुर निवासी रायमाझीले जजहरूको मिश्रित प्रतिक्रिया पाएका थिए । जज रजिना रिमाल रायमाझीको अन्तराको नोटलाई मन पराइन् भने विवेक श्रेष्ठको प्रतिक्रिया पनि मिश्रित नै रह्यो ।

अरू २ जज जस्तै मिश्रित प्रतिक्रिया नै दिएका दीप श्रेष्ठ हिमांशुको गीत चयनबाट खुसी देखिएका थिए । ’अहिलेका युवाहरूको रोजाईमा यस्तो गीतहरू पर्न थालेका छन् । युवाहरूले पुराना गीतहरू गाउँदा कालजयी गीतहरूमा टेवा पुग्छ।’ श्रेष्ठले भने ।

हिमांशु रायमाझीले दीप श्रेष्ठ, विवेक श्रेष्ठ र रजिना रिमालबाट क्रमशः ६.५, ६.५ र ६ अंक प्राप्त गर्न सफल भएका थिए । हिमांशुले जम्मा १९ अंक प्राप्त गर्न सफल भए ।

शुक्रबार बजाइएको क्लिपहरूमा अष्ट्रेलियाको मेलबर्नमा बस्ने जेनी तामाङको पनि रहेको थियो । मेलबर्न निवासी जेनीले उदय सोताङ र मनिला सोताङको गीत ’उकाली चढौँला, ओराली झरौँला’ गाएकी थिइन् । गीतारको कर्डमा उनले गाएको गीतप्रति जजहरू सकारात्मक देखिए । विवेक श्रेष्ठ, दीप श्रेष्ठ र रजिना रिमाल नै स्वरको प्रशंसा गर्दा संगीतमा तीनै जना जजको ध्यान खिचियो । जेनी तामाङले समग्रमा १९ अंक पाउन सफल भइन् ।

शुक्रबारको चौथो क्लिपमा इटहरीका दर्पण रिजाल देखिए । उनले स्वर सम्राट नारायण गोपालको ’कसरी म भुले’ गीत गाएका थिए । उनले तीनै जना जजबाट सुर र तालको संयोजनमा केही कमि भएको भन्ने कमेन्ट पाएका थिए । दर्पणले तीनै जना जजबाट समग्रमा १६.५ अंक पाएका थिए ।

हल अफ फेम सिजन९२ को तेश्रो एपिसोडमा प्रतिष्पर्धिहरू पुराना गीहरू प्रति आकर्षित हुने गरेको देखिएको छ । शुक्रबारका प्रशारित क्लिपहरूमध्ये अधिकांश गीतहरू पुराना नै थिए । नयाँ पुस्ता पुराना सर्जकहरूको गीतप्रति अकार्षित हुनुलाई सुखद् रूपमा लिनुपर्ने निर्णायक दीप श्रेष्ठले बताउनुभयो ।

हल अफ फेमको दोश्रो सिजन गत जनवरी १६ बाट प्रसारण हुन थालेको हो । नेपालमा यो कार्यक्रम शुक्रबार र शनिबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुन्छ । त्यस्तै, एमएनटिभी अष्ट्रेलियाको डिजिटल प्लेटफर्मबाट विश्वभर यो कार्यक्रम हेर्न सकिन्छ ।

 


Loading comments...