Lifestyle Portal
  •   २३ फाल्गुन २०७७, आईतवार

नेपाल-चीन सीमा स्तम्भको जीपीएस कोअर्डिनेट सार्वजनिक गर्न माग गर्दै धर्ना

११ माघ २०७७, आईतवार २०:२९

सरकारले नेपाल–चीन सीमाका बारेमा स्पष्ट जानकारी समेत सार्वजनीक नगरेपछि ‘राष्ट्रिय एकता अभियान’ धर्ना बसेको हो । राष्ट्रिय एकता अभियानले सीमा क्षेत्रका स्तम्भहरुको जीपीएस कोअर्डिनेट तथा सुपरिवेक्षणको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माघ १३ गतेसम्म धर्ना कार्यक्रम गर्ने बताएको छ ।

नापी विभागसँग नेपाल–चीन सीमा स्तम्भहरुको जीपीएस कोओर्डिनेट, सीमा स्तम्भहरुको पछिल्लो सुपरिवेक्षणको माग गर्दै धर्ना बसेको अभियानका संयोजक विनय यादवले बताए ।

पटक–पटक माग गर्दा समेत विभागले विवरण नदिएपछि धर्ना बस्न बाध्य भएको उनले बताए । विभागको विवरणले चीनले भुमी मिचेको हो या हैन् ? वास्तविकता के हो भन्ने कुरा सार्वजनीक हुने उनको भनाइ छ ।

नेपाली काँग्रेसले चीनले नेपालको भूमि मिचेको कुरा प्रमाणसहित प्रतिवेदन तयार गरेको छ । सञ्चारमाध्यममा पनि पटक–पटक कुरा आएको छ तर सरकारले यसप्रति ध्यानै नदिने गरेको सर्वसाधरणको आरोप छ ।

के छ राष्ट्रिय एकता अभियानद्वारा जारी विज्ञप्तीमा?

महोदय, उपरोक्त सम्बन्धमा मेरो अध्ययन प्रयोजनका लागि आवश्यक रहेको सूचनाको प्रमाणित प्रति उपलब्ध गराइ दिन हुन अनुरोध गर्दै नेपालीनागरिकको रुपमा सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसारमैले यस बिभागका सूचना अधिकारीसंग निम्न अनुसारको सूचना माग गर्दै, म सूचना मागकर्ताको नागरिकताको छायाप्रति समेतसंलग्न गरीमिति २०७७/०६/१४ मा निवेदन पेस गरेकोमा कार्यालयले अहिलेसम्म मागे अनुसार सूचना उपलब्ध नगराएको ब्योहोरा जानकारी गराउदै यो उजुरी तपाई समक्ष पेस गरेको छ । अतः आवश्यक कारवाही अगाडि बढाउदै मैले निवेदनमा माग गरेको सार्वजनिक महत्वका निम्न सचना उपलब्ध गराउन नियमअनसार यो निवेदनमार्फत कार्यालय प्रमुखज्यूसमक्ष उजुरी पेश गर्दैछु । प्रारम्भीक निवेदनको छायाप्रतिसमेत यसैसाथ संलग्न रहेको ब्योहोरा निवेदन गर्दछु ।

मैले यसअघि पेस गरेको निवेदनमार्फत माग गरिएको सूचनाः
१) नेपाल-चीन सीमामा स्थित दुई देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस को र्डिनेट कति हो?
२) नेपाल-चीन सीमामा रहेका सीमा स्तम्भहरुको जीपीएस कोर्डिनेट अभिलेख गर्ने काम कुन मितिमा सम्पन्न भएको हो?
३) नेपाल-चीन सीमा स्तम्भहरुको पछिल्लो सुपरीवेक्षण कुन मितिमा भएको थियो भन्ने जानकारी र प्रतिवेदन । साथै सो सुपरीवेक्षण अनुसार कुन कुन सीमा स्तम्भ भेटीएको छैन भन्ने जानकारी?

विज्ञप्तीको वास्तविक प्रति हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक लाख रुपैयाँ दिएर आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ

काठमाडौं। माधवकुमार नेपालले आफूले एमाले नछाड्ने बताएका छन्। सर्वोच्च अदालतले सत्तारुढ दल नेकपाको दर्ता खारेज गर्दै तत्कालिन एमाले र माओवादी

राप्रपा अध्यक्ष कमल थापाले गठबन्धन सरकारको प्रस्ताव अस्वीकार गरी कांग्रेसले चुनावको बाटो खोलिदिनुपर्ने बताएका छन् । नेकपाबारे सर्वोच्च अदालतको पछिल्लो

एकपटक प्रयोग गरिसकेपछि तेललाई कुनैपनि बहानामा पुनः तताएर प्रयोग गर्नु हुदैन् । तेललाई पटक पटक तताउदा अल्डिहाइड (Aldehyde) नाम गरेको