काठमाण्डौस्थित भारतीय दूतावासले मनायो ‘भारतको ७२ औं गणतन्त्र दिवस’


काठमाण्डौस्थित भारतीय राजदूतावासले २०२१ जनवरी २६ तारिखमा भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराएपछि भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाउनुभएको थियो ।

उक्त दिवसको अवसरमा राजदूतद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ३.६८ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरियो । राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान गरेको छ ।

सोहि दिन राजदूतले इण्डिया हाउसमा स्वागत समारोहको आयोजना गर्नुभएको थियो । नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली उक्त समारोहको मुख्य अतिथिका रुपमा सरिक हुनुहुन्थ्यो । सो समारोहमा नेपालका भूतपूर्व सम्माननीय राष्ट्रपति रामवरण यादवले ‘India-Nepal Alumni Network Sampark’ का साथै www.samparkbharatnepal.com वेबसाइटको शुभारम्भ गर्नुभयो । समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरुको उपस्थिति थियो । भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन उहाँहरुले पुर्याउनुभएको योगदानलाई कदर गर्दै उहाँहरुलाई सम्मान गरियो । भारतीय राजदूतावासद्वारा आयोजित ‘Maitri Through My Lens’ फोटो प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई चेक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

तस्वीरहरुः भारतीय दूतावास


Loading comments...