
आगामी चुनावमा प्रचण्ड-नेपाल पक्षको १० सिट पनि आउँदैन- ओली
१४ माघ २०७७, बुधबार २१:०९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षको १० सिट पनि नआउने दाबी गरेका छन् ।
आफूनिकट आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई बुधबार सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनमा प्रचण्ड-नेपाल अवस्था प्रक्षेपण गरेका हुन् । उनले प्रचण्ड-नेपाल पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी पनि गरे । जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड-नेपाल पक्ष बरफ पग्लिए जसरी पग्लिएरै सकिने पनि बताए । प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफूहरुको भएको पनि बताए । विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठीक ढंगले चलाएर पार्टीलाई एकढिक्का बनाइ अघि बढाउने पनि बताए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई