
प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित हुन आदेश
१६ माघ २०७७, शुक्रबार ०६:०७
काठमाडौं– सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात दिनभित्र आफैं अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीसँगै चारजना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमनाथ ढुंगानालाई पनि अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
अवेहलना सम्बन्धी चारवटा निवेदनमाथिको सुनुवाइपछि ढुंगानाको इजलासले प्रधानमन्त्रीसहित चारजना पूर्वप्रधानन्यायधीश र पूर्वसभामुखलाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको हो ।
चार जना पूर्व प्रधाननन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरी बोलेको भन्दै अलग–अलग निवेदन दर्ता भएका थिए ।
यस्तै पूर्वसभामुख ढुंगानाले पनि अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरी बोलेको भन्दै सर्वोच्चमा निवेदन दर्ता भएका थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई